लडाकु पुर्नस्थापना सुरु, शान्ति प्रक्रियाको कोशेढुङ्गाः अनमिन
२५ असोज, काठमाडौं । सरकारले माओवादी लडाकुका शिविरबाट अयोग्यहरुलाई पुर्नस्थापना प्रकृया सुरु गरेको छ ।
आइतबार सिन्धुलीको दुधौलीस्थित मुख्य शिविरबाट पुर्नस्थापना प्रकृया सुरु भएको हो । शान्ति मन्त्री रकम चेम्जोङ, अनमिन प्रमुख करिन ल्याण्डग्रेन र माओवादी डिपुटी कमाण्डर चन्द्रदेव खनालसहित १८ जनाको टोलीले सिन्धुलीको दुधौलीस्थित माओवादी शिविरमा प्रकृया सुरु गरेको हो । सो मुख्य शिविर अन्तरगतका तीन सहायक शिविर समेतमा गरी १ हजार ९ सय ३२ जना माओवादी लडाकु बस्दै आएका छन् । ती मध्ये अनमिनले ३ सय ७३ जनालाई अयोग्य ठहर गरेको छ ।
सरकारले अनमिनले अयोग्य ठहर गरेका र उमेर नपुगेको भनी प्रमाणित गरेका लडाकु पुर्नस्थापनाको प्रारम्भिक चरण आइतबारबाट सुरु गरेको हो । पुर्नस्थापना अन्तरगत पहिलो चरणमा शिविर बाहिर निक्लन सूचना दिने, दोश्रो चरणमा प्रोफाइल तयार गर्ने, तेश्रो चरणमा अस्थायी शिविरमा राख्ने र अन्तिम चरणमा समाजमा पुर्नस्थापना गरिने उहाँले बताउनुभयो । अयोग्य लडाकुहरुलाई सरकारले विभिन्न तालिम दिएर वैदेशिक रोजगारमा पठाउनेलगायतका बन्दोवस्त गर्ने भएको छ । कलिलो उमेरका लडाकुलाई विद्यालय भर्ना गरिनेसमेत सरकारले तयारी गरेको छ ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको अगुवाईमा अनमिनले अयोग्य ठहर गरेका ४ हजार ८ जनालाई पुर्नस्थापना सुरु गरिएको शान्तिमन्त्री चेम्जोङले जानकारी दिनुभयो । हाल अनमिनले १९ हजार ६ सय २ जना लडाकु प्रमाणिकरण गरेको छ

प्रचण्ड चीनबाट फर्किएपछि गतिरोध अन्त्य
२५ असोज, काठमाडौं । जारी राजनीतिक गतिरोध एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड चीनबाट फर्किएपछि अन्त्य हुने भएको छ ।
पटक पटक भएका छलफल र भेटघाट सहमतिमा पुग्न नसकेपछि गतिरोध तिहारभरी लम्बिएको छ । आइतबार चीन जानुअघि अध्यक्ष प्रचण्डले आफू चीनबाट फर्किएपछि गतिरोध अन्त्य हुने विश्वास ब्यक्त गर्नुभयो । ‘हामी उता (चीनबाट) फर्किएर आएलगत्तै तीन गते चियापान कार्यक्रम राखेका छौं,’ चीन जानुअघि त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग प्रचण्डले भन्नुभयो, ‘त्यसपछि गतिरोधको पनि अन्त्य, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र नयाँ गति दिने कामनासहित हामी हिडेका छौं ।’ प्रचण्डले आफू चीन जानुअघि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले सकरात्मक कुरा गरेको जानकारी दिनुभयो ।
प्रचण्डले चीन जानुअघि शनिबार साँझ कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेट्नुभएको थियो भने आइतबार बिहान एमाले अध्यक्ष खनालसँग टेलिफोनमा कुरा गर्नुभएको थियो । उहाँले आगामी कात्तिक ३ गते पार्टीका तर्फबाट आयोजना हुने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमअगावै मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न तीनै नेताहरु सकारात्मक भएको जानकारी दिनुभयो ।
उहाँले छिमेकी मुलुक चीनको भ्रमण राष्ट्रिय हितलाई मुख्य विषयबस्तु बनाएर गर्न लागिएको मैत्रिपूर्ण भ्रमण भएको बताउँदै छिमेकी देशहरुकेा सम्वन्धमा असर पर्ने खालका संवेदनशील विषयवस्तुलाई बढाई चढाई नगर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । ‘हामी राष्ट्रिय हितलाई सँधै सर्वोच्च स्थानमा राख्छौं,’ प्रचण्डले भन्नुभयो,’ राष्ट्रिय हितलाई सर्वोच्च स्थानमा राखेर दुवै छिमेकी मुलुकसँग राम्रो सम्वन्ध राख्ने हाम्रो पार्टीको घोषित नीति हो ।’ प्रचण्डले आफू चीन जाँदैमा भारतसँगको सम्वन्ध नविग्रने दावी गर्नुभयो ।
प्रचण्डले शान्ति, संविधान र समृद्धिका लागि प्रयत्नरत नेपालको वर्तमान संवेदनशील अवस्थामा आफ्नो चीन भ्रमण राष्ट्र र आपसी हित संवर्द्धनमा केन्दि्रत रहने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले सम्पूर्ण नेपाली जनता एवम् नेपालमा शान्ति र समृद्धि चाहने सबै विदेशी मित्रराष्ट्रलाई आˆनो भ्रमणलाई यसैरुपमा बुझिदिन आग्रह गर्नुभयो ।
No comments:
Post a Comment