search

Custom Search

Thursday, October 1, 2009

मु्ख्य समाचार

एकीकृत माओवादीद्वारा सिन्धुलीको दुधौली शिविरमा रहेका माओवादी सेनाका अयोग्य लडाकुहरुलाई बाहिर हटाउन रोक, पुनर्स्थापनाको टुंगो नलाग्दा सम्म शिविरमै राख्नुपर्ने अडान

सिन्धुलीको दुधौली सिविरमा रहेका माओवादी सेनाका अयोग्य लडाकुहरुलाई बाहिर निकाल्न एकिकृत नेकपा माओवादीले अश्विकार गरेको छ। माओवादीले अयोग्य लडाकुहरुलाई पहिले कहाँ र कसरी पुर्नस्थापना गर्ने हो त्यसबारे सरकारले स्पष्ट नपार्दा सम्म लडाकुहरुलाई शिविर बाहिर ननिकाल्ने अडान राखेको बुझएको छ। लडाकुहरुलाई बाहिर निकाल्ने कुरामा माओवादीले अवरोध गरेपछि अनमिनका प्रतिनिधि, शान्तिमन्त्री रकम चेम्जोङ्ग र माओवादी सेनाका डेपुटि कमाण्डर चन्द्रप्रकाश खनालको टोली शिविरबाट बाहिरिसकेको छ।

सरकारले पुर्व निर्धारित कार्यक्रम अनुसार आजदेखि माओवादी शिविरमा रहेका अयोग्य लडाकुलाई शिविरबाहिर निकाल्ने कार्य सुरु गरेको हो। नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले मुख्य सात र एक्काइस सहायक शिविरका उन्नाइस हजार ६ सय दुई लडाकुलाई योग्य प्रमाणीत गरेको छ भने चार हजार आठ जनालाई अयोग्य प्रमाणित गरेको छ।

अयोग्य लडाकु मध्ये दुई हजार नौ सय त्रिहत्तर जना अठार वर्षमुनीका रहेका छन्। माओवादी समेतको सहभागितामा रहेको सेना समायोजन विशेष समितिको निर्णय अनुरुप नै अयोग्य लडाकुलाई शिविरबाहिर निकाल्न लागिएको हो।।





माओवादीले सदन अबरोध जारी राखे सरकारले बिकल्प खोज्ने

२४ असोज, बाँके । गृहमन्त्री भीम रावलले एकीकृत नेकपा माओवादीले चालु आर्थिक वर्षको बजेट पारित हुन नदिए सरकारले बिकल्प खोज्ने बताउनुभएको छ । सहमतिको प्रयास भइरहेको जानकारी दिँदै मन्त्री रावलले माओवादी लचिलो नभए सरकार विकल्प खोज्न बाध्य हुने बताउनुभयो ।
प्रेस चौतारी बाँकेले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले भन्नुभयो,’तत्काल बजेट पारित नभएर शान्ति प्रक्रिया र विकास निर्माण अबरुद्ध हुने भएकोले सरकार विकल्प रोज्न बाध्य हुनेछ, ।’ उहाँले सरकारको बिकल्प कस्तो हुने भन्नेबारे भने खुलाउनु भएन ।
कात्तिक मसान्तसम्म बजेट पारित नभए विकास निर्माण ठप्प हुनुका साथै आर्थिक सङ्कट उत्पन्न हुनेछ । नागरिक सर्बोच्चता र सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे सदनमा छलफल हुनुपर्ने माग गर्दै गत साउन २२ गतेदेखि व्यवस्थापिका संसदको बैठक अबरुद्ध गर्दै आएको छ ।
लामो समयसम्मको अबरुद्ध सदन सञ्चालनका लागि सरकार हदैसम्मको लचकता अपनाउन तयार रहेको मन्त्री रावलले बताउनुभयो ।
सुदूरपश्चिमको बाढीपहिरो प्रभाबित क्षेत्रको अबलोकन गरी राजधानी फर्कने क्रममा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले स्रोत र साधनको अभाबमा देशका कतिपय स्थानमा समय मै उद्धार गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले मध्य र सुदुरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बितरण कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाउनुभयो । प्रभावित क्षेत्रमा राहत वितरणका लागि १५ करोड रुपैयाँ छुट्टाइसकेको भन्दै मन्त्री रावलले क्षतिको पूर्ण विवरण आइसकेपछि राहत रकम थप गर्न सकिने पनि बताउनुभयो ।
प्राकृतिक बिपत्ती रणनीतिलाई मन्त्रिपरिषदमा पेश गरिएको जानकारी गराउँदै उहाँले रणनीति पास भए प्राकृतिक बिपत्तीको बेला त्यसले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
एक फरक प्रसङ्गमा मन्त्री रावलले पूर्बका दस जिल्लामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको जानकारी गराउँदै शान्ति सुरक्षाका लागि नेपाल प्रहरीमा दस हजार
सुरक्षाकर्मी थप गर्न लागिएको जानकारी गराउनुभयो ।

तीन ठूला दलप्रति गच्छदार क्रुद्


काठमाडौ, २०६६ आश्विन २४ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रमुख तीन दलको मनोमानिमा राज्य पुर्नसंरचना गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । उनले माओवादी, कांग्रेस र एमालेको सहमतिमा हुन लागेको त्यस्तो षडयन्त्र मधेसवादी दलको लागि मान्य नहुने समेत चेतावनी दिए ।
'माओवादी, कांग्रेस, एमालेको मात्रै देश होइन', मधेसी पत्रकार समाजको प्रथम महाधिवेशन उदघाटनको क्रममा शनिबार उनले राजधानीमा भने, 'चौथो शक्तिको रुपमा रहेको मधेसवादी दललाई उपेक्षा गरियो भने तीन पार्टीले र समग्र मुलुकलेनै अझ ठूलो संकटको सामना गर्नुपर्छ ।'
कांग्रेसले हिमाल, पहाड, तराईलाई मिलाएर संघ बनाउनुपर्ने पुरातनवादी सोच अघि सारेको र माओवादीले जातीय आधारमा संघ निर्माण गर्नुपर्ने तर्क गरेको भन्दै अन्तत तीन ठूला पार्टी मिलेर मनोमानिमा राज्य पुर्नसंरचना गर्न लागेको उनको आरोप थियो ।
'अन्तत तीन ठूला पार्टीको एउटै सोच, आवाज र विचार आउने देखिन्छ', उनले भने, 'तर हामी मेचीदेखि महाकालीसम्म स्वायक्त मधेस प्रदेश होस भन्ने अडानबाट पछि हट्दैनौ ।'




माधव नेपालबाहेक सबै स्वीकार्य: यादव


ाठमाडौ, २०६६ आश्विन २४ - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालबाहेक अरु जो सुकै प्रधानमन्त्री भएपनि आफुलाई मान्य हुने बताएका छन् । उनले सरकार सरकार चाडैं ढल्ने भविश्यवानीसमेत गरे । 'माधव नेपाल बाहेक निर्वाचित जो सुकै प्रधानमन्त्री भएपनि हामीलाई मान्य हुन्छ' यादवले रिपोर्टर्स क्लवमा भने, 'अव यो सरकार धेरै दिन टिक्न सक्दैन ।'
उनले आगो बली सकेको उल्लेख गर्दै पानी पनि उम्ली सकेकाले खिचडी पाक्नै लागि सकेको बताए । 'प्रतिक्षा गर्नुस् खिचडी छिट्टै पाक्छ' उनले भने ।

वर्तमान सरकार जति लामो समयसम्म रहन्छ त्यति नै मुलुकको अवस्था खराव हुँदै जाने उल्लेख गर्दै यादवले भने 'बैशाखी टेक्दा टेक्दै वर्तमन सरकार लाचार भईसकेको छ ।'


'राष्ट्रपतिबारे सदनमा छलफल गर्न सकिदैन'

पोखरा, २०६६ आश्विन २० - प्रधानमन्त्री माधवकुमार नेपालले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम विषयमा सदनमा कुनै हालतमा छलफल हुन नसक्ने अडान दोहोर्‍याएका छन् ।सहमतिका लागि तयार पारिएको साझा संकल्प प्रस्तावको मस्यौदामा राष्ट्रपतिले चालेको कदमका विषयमा चित्तबुझ्दो ढंगले उल्लेख गरिनुपर्ने माओवादीले अडान राख्दै आएको बेला प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको हो ।पोखरा विश्वविद्यालयको सभामा सहभागी हुन कास्कीको लेखनाथ पुगेका प्रधानमन्त्री नेपालले संचारकर्मीसंग कुरा गर्दै राष्ट्रपतिको कदम विरुद्ध माओवादीले दर्ता गरेको संकल्प प्रस्ताव उपर छलफल हुनै नसक्ने बताए । संकल्प प्रस्तावको साटो राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्तावको विकल्प खुला रहेको उनले उल्लेख गरे




माओवादीद्वारा आफ्नै नेतृत्वको सरकारमा जोड


काठमाडौ, २०६६ आश्विन २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन नभएसम्म सहमति हुन नसक्ने बताएका छन् ।माओवादी पार्टी मुख्यालयमा मंगलबार आयोजित शिक्षा मासिक पत्रिकाको सार्वजनिकीकरण कार्यक्रममा उनले भने-'राष्ट्रिय सरकार र नागरिक सर्वोच्चताका कुरा संग संगै लगेर प्योकजमा समाधान गरिनुपर्छ ।'उनले माओवादीलाई पाखा लगाएर संविधान निर्माण तथा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्ने बुझेपछि पहिलेका तुलनमा दलहरु केही लचिलो भएको आफूले महशुश गरेको बताए । दुईवटा चियापान कार्यक्रममा शीर्षस्थ नेताहरु बीच भएको छलफलले सहमतिको नजिक पुर्‍याएको उनको भनाई थियो ।सहमतिका लागि कांग्रेस र एमालेले तयार पारेको साझा संकल्प प्रस्तावको मस्यौदा पूर्ण नभएको भन्दै उनले भने- छलफलका लागि माओवादीले छुट्टै मस्यौदा तयार गदैंछ ।उनले माओवादीका लचकताका वाबजुदपनि दलहरु सहमतिमा नआए तिहार पछाडि सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 'तिहार अगाडि जनतासंग सल्लाहको आन्दोलन गरिएको छ,' उनले भने- 'अझ सहमति नभए तिहार पछाडि सशक्त रुपमा उत्रिन्छौं







पहिरोमा पुरिएर अछाममा ११ को मृत्यु


अछाम, २०६६ आश्विन २० - अछाममा मंगलबार विहान गएको पहिरोमा पुरिएर चार परिवारका कम्तिमा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पातलकोट गाविस वडा नं ९ मा विहान १० बजे गएको पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो ।पहिरोमा खुगे बोहरा, सुरज बोहरा, भवकुमार बोहरा, तारा बोहरा, जमुना बोहरा र पारु बोहराको मृत्यु भएको हो । अन्य चार जनाको सनाखत हुन सकेको छैन् । प्रहरीले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरेको छ । विकट गाउ भएको र संचार सम्पर्कमा कठिनाइ आएकाले घटनाको विस्तृत जानकारी प्राप्त हुन सकेको छैन् ।डडेलधुरामा मंगलबार विहान पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको थियो ।







'जिउँदो सहिद' घोषणाको पहल

१९ असोज, काठमाडौं । सरकारले जनआन्दोलनका घाइतेलाई जिउँदो सहिद घोषणाको पहल गर्ने भएको छ । २०६२/६३ को जनआन्दोलनमा प्रहरीको गोली लागि घाइते हुनुभएका काभ्रेको बनेपाका मुकेश कायस्थको अबस्थाबारे जानकारी लिने क्रममा प्रधानमन्त्री नेपालले जनआन्दोलनका घाइतेहरुलाई 'जिउँदो सहिद' घोषणाको पहल गर्ने आश्वासन दिनुभएको हो ।



काङ्ग्रेसले आज धादिङ जिल्ला बन्द

१९ असोज, काठमाडौं । स्थानिय युवकलाई छुरा प्रहार गर्ने आफ्ना एक कार्यकर्तालाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न नेपाली काङ्ग्रेसले आज धादिङ जिल्ला बन्द गराएको छ



माइक्रो बस दुर्घटनामा
१९ असोज, लमही । दाङको बबई खोलामा आज विहान भएको किया माइक्रो बस दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् ।

६ किमि सडक मर्मत ४ वर्षमा पनि सकिएन
मनहरा-सल्लाघारी सडकको निकोसेरा नजिक उप्केको सडकमा जमेको फोहोर पानी । यस्तै खाल्डाखुल्डी हुँदै सर्वसाधारणले सवारी गुडाउने गरेका छन् ।
भक्तपुर, २०६६ आश्विन १९ - पेप्सीकोला मनोहरापुलदेखि सल्लाघारी तीनकुनेसम्मको ६ किलोमिटर सडक मर्मत गर्न सुरु भएको चार वर्ष बितिसक्दा पनि अझै सकिएको छैन । नेपाल सरकारको लगानीमा मर्मत भइरहेको सडक आर्थिक वर्ष ०६२/६३ बाट सुरु भएको हो । ०६५/६६ मा सकाउने लक्ष्य लिए पनि डिभिजन सडक कार्यालयले विभिन्न समस्या देखाउँदै तीन दशमलव ६ किलोमिटरमा मात्र सडक मर्मत सकेको छ । '०६२/६३ बाट सुरु भएको योजना अघिल्लो आर्थिक वर्षमा सक्ने लक्ष्य लिएका थियौं,' डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख वसन्तलाल श्रेष्ठले भने, 'सडक मर्मत गर्न स्थानीय जनताको सहयोग नपाएकाले ढिलाइ भएको हो ।'सडक मर्मत नहुँदा खाल्डाखुल्डीमा परेर मोटरसाइकल बढी दुर्घटना पर्ने गरेको प्रहरीले जानकारी दिए । मर्मत गरिएको सडक पनि फेरि खाल्डा परिसकेको छ । पानी परेका बेला हिलोको समस्या हुन्छ । राजमार्गमा अवरोध र खाल्डाखुल्डी भएकाले सरकारका प्रमुख व्यक्ति र मन्त्रीहरू पनि यही सडक हुँदै आवतजावत गर्ने गरेको छ ।सडक मर्मतका लागि अर्को समस्या आवश्यक उपकरण नभएकाले ढिलाइ भएको उनले बताए । सडक मर्मतमा प्रयोग गरिने 'आसपाल प्लान्ट' चाहेको बेला नपाएपछि ढिलाइ भएको उनले जानकारी दिए । आसपालि प्लान्ट उपत्यकामा दुई वटा मात्र भएकाले चाहेको बेला नपाइने समस्या रहेको उनले बताए । अरनिको राजमार्गको सहायक मार्गका रूपमा प्रयोग हुने सडकको बेलैमा मर्मत नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । जापान सरकारको सहयोगमा ६ लेनमा विस्तार भइरहेको राजमार्गमा धुलो र धुवाँको समस्याबाट मुक्ति पाउन यो मार्गको प्रयोग गर्ने भए पनि समयमै मर्मत हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रहरी निरीक्षक सीताराम हाछेथुले अरनिको राजमार्गको जडिबुटी सल्लाघारी सडक साँघुरो भएकाले राजमार्ग विस्तारको क्रममा यसै मार्गबाट भाडाका ट्रक र निजी सवारी गुडाउने तयारी गरेको जानकारी दिए । यसै मार्गको प्रयोग गर्ने भएकाले बेलामा मर्मत सक्नुपर्ने उनले बताए । 'बेलैमा मर्मत सकेर सर्वसाधारणले सास्ती खेप्नु पर्दैन,' उनले भने ।



कर्मचारी कुटेको बिरोधमा सबै कार्यालय बन्द

सर्लाही, २०६६ आश्विन १९ - कर्मचारी कुटपिट गर्ने दोषी माथि कारवाहीको माग गर्दै संयुक्त कर्मचारी संघर्ष समितिले सोमबार सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको कामकाज ठप्प पारेका छन् । असोज १० गते सलेमपुरमा मधेसी जनअधिकार फोरमका कार्यकर्ताले जिल्ला शिक्षा कार्यालयका लेखापाल शिबशंकर कुश्वाहालाई कुटपिट गरेका थिए । घट्नाको जाहेरी दिंदापनि स्थानीय प्रशासनले दोषिलाई कारबाही नगरेको भन्दै कर्मचारी सम्बद्ध सबै संघ संगठन आन्दोलनमा उत्रिएका हुन् ।पीडित कर्मचारीले फोरमका अध्यक्ष अशोक यादब लगायतमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । संघर्ष समितिले निकालेको विज्ञप्तीमा राष्ट्रसेवक माथि निर्घात कुटपिट गर्ने दोषी माथि कारबाही नगरेसम्म अनिश्चितकाल सम्म कार्यालय बन्द गरिने उल्लेख छ ।नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष नरेश झाले दोषीा किटान गरेर जाहेरी दिंदापनि कारबाही नभएकाले बाध्य भई कार्यालय बन्द गर्नु परेको बताए




पर्सामा युवकको हत्या

पर्सा, २०६६ आश्विन १९ - अज्ञात समूहले पर्सामा एक युवकको हत्या गरेको छ । अलौ-३ का कैला भन्ने कैलाश तुरहाको २२ वर्षीय छोरा जीतेन्द्र प्रसाद तुरहाको हत्या भएको हो ।हात खुट्टा बांधी छुरा प्रहार गरी हत्या गरेको अवस्थामा तुरहाको शव बीरगंज पोखरीया सडकको तिलावे पुल भन्दा करीब ३ सय मीटर पुर्वमा सोमबार बिहान फेला परेको हो । अन्य स्थानमा हत्या गरी शवलाई त्यहाँलाई फालिएको हुन सक्ने र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । माछाको व्यापार गर्दै आएका जीतेन्द्रको शनिबार देखि परिवारको सम्पर्कमा थिएन ।


वार्ता गर्न लोकमान निवास
काठमाडौ, २०६६ आश्विन १९ - एमालेको चियापान सकेलगत्तै कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला आइतबार अपराह्न एकाएक शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीको घर पुगे । उनी पुगेको पाँच मिनेटमै माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहीं देखिए ।'कार्की निवासमा यी दुई शीर्षनेताको भेट संयोग थियो वा पूर्वनिर्धारित ?'कांग्रेसका एक पदाधिकारी दाबी गर्छन्, 'दुई नेताको गोप्य भेटवार्ता संयोग मात्रै नभएर पूर्वनिर्धारित थियो, जुन एक/डेढ घन्टाअघि मात्र तय भएको हो ।'भेटवार्तालाई सहज बनाएको थियो, कार्की निवासको सप्ताहले । यसको समापन पारेर पुरानो बानेश्वरस्थित कार्की निवासमा दुवै नेताको करिब आधा घन्टा वार्तालाप भयो ।



माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन गरिनुपर्छः भट्टराई


पाल्पा, २०६६ आश्विन १९ - एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन नभएसम्म देशले निकास नपाउने बताएका छन् । क्रान्तिकारी पत्रकार संघले सोमवार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले त्यसका लागि पहिले राष्ट्रपतिको कदम सच्चिनुपर्ने र नागरिक सर्वोच्चता वहाली हुनुपर्ने बताए ।'यदि सहमति भयो भने जतिबेला पनि माओवादीले सरकार नेतृत्व गर्न तयार छ' उनले भने, 'त्यसको विकल्प भनेकै राष्टपतिको कु सच्चिनुपर्छ ।' उनले राष्टपतिले नागरिक सर्वोच्चतालाई कुल्चने र गणतन्त्रलाई धरापमा पार्ने काम गरेकोले सहमति हुन नसकेको बताए । उनले वैशाख २० गतेको कु लाई वैद्यता दिने गरि सहमतिको नाउमा प्रतिगमन तर्फ फर्किन माओवादी किमार्थ तयार हुन नसक्ने बताए । 'प्राप्त गणतन्त्रलाई वचाएर अगाडि लैजान माओवादी फेरि आन्दोलनमा उत्रने छ' उनले भने ।



प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेटवार्ता
काठमाडौ, २०६६ आश्विन १९ - प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच सोमबार भेटवार्ता भएको छ । कोटेश्वर स्थित एक निजी घरमा भएको भेटमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको प्रधानमन्त्री नेपालले जानकारी दिए ।झण्डै आधा घण्टा भएको भेटमा माओवादी अध्यक्ष दाहालले सबैलाई मान्य हुने गरी सहमति खोज्न प्रस्ताव गरेका थिए । भेटपछि प्रधानमन्त्री नेपालले आफूले अध्यक्ष दाहाललाई सकारात्मक पाएको भन्दै चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे ।अवरुद्ध संसद सुचारु गर्ने विषयमा कांग्रेस र एमालेले प्रस्ताव गरेको मस्यौदामा सहमतिको बिन्दु खोज्ने छलफल भएको पनि उनले बताए । दुई नेताबीच शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी नेतृ हिसिला यमी पनि सहभागी थिइन ।यसअघि दाहालले राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासंग पनि भेटिसकेका छन् । दशैंको अवसरमा कांग्रेस र एमालेले गरेको छुट्टा छुट्टै चियापान कार्यक्रममा पनि तीन वटै दलका शीर्ष नेताहरुले चाँडै राजनीतिक सहमति कायम हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।




पत्रकार साहको हत्या भएको दुई वर्ष पूरा
Sunday, October 4, 2009
१८ असोज, बारा । बाराका पत्रकार विरेन्द्र साहको अपहरण तथा हत्या भएको दुई वर्ष बितिसक्दा पनि आरोपित हत्याराहरु अहिलेसम्म पक्राउ परेका छैनन् । आज भन्दा २ वर्ष अघि अर्थात् २०६४ साल आजकै दिन अपहरित यादव कार्तिक २१ गते मृत फेला पर्नु भएको थियो ।
तत्कालीन नेकपा माओवादीका जिल्ला सेक्रेटरी लालबहादुर चौधरीसहित कुन्दन फौजदार र हरेराम पटेलले पत्रकार साहको हत्या गरेको भनिए पनि अहिलेसम्म उनीहरु
पक्राउ परेका छैनन् । फौजदार अहिले पनि बाराको श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् भने चौधरी अहिले खुला रुपमा जिल्लामा बस्दै आएका छन् ।
व्यवस्थापन समितिका अरु सदस्यहरुले फौजदारलाई हटाउन मौखिक र लिखित रुपमा ८ महिना अघि नै जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला शिक्षा कार्यालयमा उजुरी दिए पनि हालसम्म फौजदार अध्यक्ष नै रहेका छन् ।
पत्रकार साहको हत्यापछि घटनाको छानबिन गर्न माओवादीले गठन गरेको समितिले पनि उनीहरु हत्यामा संलग्न भएको निष्कर्ष निकालेको थियो ।
गएको वर्ष बारा लगायत विभिन्न जिल्लामा पत्रकार महासङ्घले विरोधका कार्यक्रमहरु गरे पनि यस वर्ष त्यस्ता
कार्यक्रमहरु गरिएका छैनन् । पत्रकार शाहको हत्यापछि आजको दिनलाई कालो दिनको रुपमा मनाउने बताएको नेपाल पत्रकार महासङ्घले आज कुनै कार्यक्रमहरु आयोजना गरेको छैन । महासङ्घ श्रमजीवि पत्रकारको छाता सङ्गठन हो ।




नयाँ प्रविधि भित्र्याउँदै भारतीय बैङ्किङ

१८ असोज, काठमाण्डौ । आधुनिक बैङ्किङ सेवाले उपलब्ध गराउँदै आएको एटीएम सेवाबाट पैसा निकाल्ने सुविधाले ग्राहकलाई निकै सुविधा पुग्दै आएको भए पनि ग्राहकलाई थप आधुनिक बैङ्किङ सुविधा उपलब्ध गराउने होडमा आगामी दिनमा चेक सटही गर्ने खालको एटीएस सेवाको सुरुआत गरिँदै छ ।
यस नयाँ सुविधाले एटीएमबाट आफूले चाहेको जति पैसा एकै पटक झिक्न नसकिने वा कहिलेकाँही बढी पैसा निकालिएको समयमा आफूसँग अन्य कुनै पार्टीको चेक छ भने त्यसलाई एटीएममा हालेर चेकमा उल्लेखित रकम झिक्न सकिने सुविधा उपलब्ध हुने भएको छ ।
ग्राहक यस्तो सुविधा उपलब्ध गराउनका लागि भारतका केही बैङ्क यस नयाँ प्रविधिको परीक्षणमा लागेको बताइएको छ । उत्तरी अमेरिका र युरोपमा प्रयोग हुँदै आएको चेकको शुद्धीकरण जाँच गर्ने मेसिन -सीटीएम) जस्ता प्रविधिको समेत सहायताले नयाँ एटीएम मेसिन जसले ग्राहकलाई चेक साट्ने सुविधा उपलब्ध गराउने जमर्को हुँदैछ ।
विश्वमै ठूलो सङ्ख्यामा एटीएम मेसिन निर्माण गर्ने अमेरिकी कम्पनी एनसीआर कर्पोरेसन र डिबोल्ट इन्क जस्ता संस्था यस प्रकारको प्रविधिको विकासमा लागेको बताइएको छ ।


एसएसबीको यातनाबाट नेपालीको मृत्य



१८ असोज, गौर । भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’का जवानको यातनाका कारण रौतहटमा एक सर्बसाधारण नेपालीको मृत्यु भएको छ । रौतहटको सुरमजुवा गाविस वडा नम्बर ८ का मुखल राय यादवको भारतीय सिमा सुरक्षा बलका जवानको यातनाका कारण मृत्यु भएको हो ।
२ बोरा सुर्तीको डाँठ लिएर भारत तर्फ जाँदै गरेका यादवलाई जमुनिया पोष्टका एसएसबीका जवानले नियन्त्रणमा लिएर यातना दिएका थिए । एसएसबीको यातनापछि साँझ ७ बजे नियन्त्रणबाट मुक्त भई घर पुगेका यादवको गएराति मृत्यु भएको उनका आफन्तजनले जानकारी दिएका छन् ।
घटनाको बिरोधमा सुरमजुवाका ब्यापारीले आज बिहानैबाट बंकुल बजार बन्द गराउनुका साथै एसएसबी बिरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।





शीर्ष नेताहरूको बैठकबाट टुङ्गो

काठमाडौँ, असोज १७ गते । देशको राजनीतिक गतिरोध अन्त्य गर्न शनिबार बसेको तीन दलका नेताहरूको बैठकमा संसद्मा पेस गर्ने सहमतिको दस्तावेजको मस्यौदामा प्रारम्भिक छलफल गरी एक/दुई दिनभित्र दलका शीर्ष नेताहरूको बैठक बसी टुङ्गो लगाउन पहल गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका तर्फबाट प्रस्तुत मस्यौदामा एमाओवादीका प्रतिनिधिले आफूले उठाउँदै आएका मागलाई ठीक किसिमले सम्बोधन गरेको महसुुस नभएको बताएका थिए ।
बैठकमा सहभागी एमाओवादीका प्रतिनिधिले प्रस्तुत मस्यौदामा एमाले र नेपाली काङ्ग्रेसलाई पुनः विचार गर्न आग्रह गरेको र आफूले पनि पार्टीमा छलफल गरी पुनः परिमार्जन गर्ने बताउनुभएको थियो ।
बैठकमा सहभागी एमालेका नेता प्रदीप ज्ञवालीले मस्यौदाको पृष्ठभूमिमा राष्ट्रपति डा. रामवरण यादवले चाल्नुभएको कदम, प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले गर्नुभएको निर्णय, १८ दलले राष्ट्रपतिलाई सो निर्णय कार्यान्वयन नगर्न गरेको आग्रहजस्ता विषयमा तीनै दलका आआˆना अडानलाई जस्ताको तस्तै राखिएको र सहमतिका बुँदामा भने नागरिक सर्वोच्चता, कार्यकारी अधिकार मन्त्रिपरिषद्मा रहनेजस्ता विषय समेटिएको बताउनुभयो । मस्यौदा दुई पृष्ठ लामो रहेको बताइएको छ



राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने

काठमाडौँ, असोज १७ गते । बडा दसैँको उपलक्ष्यमा नेपाली काङ्ग्रेसले आयोजना गरेको जलपान कार्यक्रममा उपस्थित विभिन्न दलका शीर्ष नेताहरूले राजनीतिक गतिरोध छिट्टै अन्त्य भई उच्चस्तरीय सहमति कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निमन्त्रणामा जलपान कार्यक्रममा उपस्थित हुने शीर्ष नेताहरूमा प्रधानमन्त्री माधवकुमार नेपालदेखि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सम्म हुनुहुन्थ्यो ।
एकीकृत माओवादीले प्रधानमन्त्री नेपाल उपस्थित भएका सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्दै आएको भए पनि अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री नेपालसहित अन्य नेताहरू यस्ता सार्वजनिक समारोहमा एकै ठाउँमा उपस्थित हुनुलाई सकारात्मक रूपमा लिइएको छ ।
जलपान कार्यक्रममा उपस्थित संवाददाताहरूसँग कुरा गर्दै काङ्ग्रेसका सभापति कोइरालाले जलपान कार्यक्रमले हामी सबै नेतालाई एक ठाउँमा उभ्याएको र यसले एकताको सन्देश दिएको छ, अब सहमतिकै आधारमा सबै कुरा टु·ो लाग्छ भन्नुभयो । सभापति कोइरालाले यो एकताले नयाँ संविधान निर्माण गर्न र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
यसैगरी प्रधानमन्त्री नेपालले दलहरूबीच शनिबार बिहान भएको समझदारीले नयाँ उचाइमा पुग्ने कार्य भएको छ, यो चियापानले पनि त्यसलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ भन्नुभयो । प्रधानमन्त्रीले थप्नुभयो, "आइतबार नेकपा -एमाले) को चियापान सकिँदा तपाईंहरूले सुखद समाचार सुन्न पाउनुहुनेछ, सहमतिका लागि धेरै पूर्वाधार तयार भएका छन् ।"



त्रिविमा८८ % फेल

उच्च शिक्षका लागि मुलुकका सबैभन्दा बढी विद्यार्थी त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा पढ्छन् । तीमध्ये अधिकांश अनुत्तीर्ण हुने ठाउँ पनि यही विश्वविद्यालय हो । यहाँ बर्सेनि करिब चार लाखले विभिन्न संकाय र तहको परीक्षा दिने गरेकामा करिब १२ प्रतिशत मात्र उत्तीर्ण हुन्छन् ।अध्ययनअुनसार देशका ६ प्रतिशत युवा मात्र उच्च शिक्षाको पहँुचमा भएकामा अध्ययन पूरा गर्नेको संख्या करिब डेढ प्रतिशत छ । तर बर्सेनि बढेको अनुत्तीर्ण प्रतिशतको कारण पहिल्याउन विश्वविद्यालयले कुनै पहल गरेको छैन ।त्रिविको परीक्षा प्रणालीबारे विद्यावारिधि गरेका तीर्थ खनियाँका अनुसार परीक्षा प्रणालीमा सुधार नभएसम्म उत्तीर्ण दर बढ्ने सम्भावना छैन । 'परीक्षा सिकाइ गुणस्तर मापन गर्ने नियमित अनुसन्धानको विषय हो तर यसको प्रभावकारी अनुगमन र मूल्यांकन हुन सकेको छैन,' योजना आयोगका सदस्यसमेत रहेका खनियाँले भने, 'त्रिविका विद्यार्थीप्रति सरकार, पदाधिकारी, विद्यार्थी संगठन कोही जिम्मेवार छैनन् । त्यसैले अहिलेको उत्तीर्ण दर पनि घट्न सक्छ ।'त्रिविका पाँच संकाय र तीन संस्थानमध्ये सबैभन्दा बढी विद्यार्थी भर्ना भएर कम उत्तीर्ण हुने व्यवस्थापन, मानविकी र शिक्षा हुन् । विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र चिकित्सा शास्त्रमा भने पास दर रामै्र छ ।परीक्षा नियन्त्रण कार्यालयको गत शैक्षिक सत्रको तथ्यांकअनुसार सबैभन्दा बढी विद्यार्थी पढ्ने व्यवस्थापन संकायको नतिजा अत्यन्त कमजोर छ ।




रूपन्देही र बारामा आज विहान भएका छुट्टा छुट्टै यात्रु बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना यात्रु घाइते भएका छन् । रुपन्देहीको देवदह गाविस घोडाहामा आज विहान चार बजे तिर यात्रुबाहक वस दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यृ भएको छ । दुर्घटनामा ४ जना यात्रु गम्भीर घाईते भएका छन् ।

राष्ट्रसंघको महासभामा भाग लिइ परराष्ट्रमन्त्री कोइराला स्वदेश

संयुक्त राष्ट्र संघको ६४औं महासभामा भागलिइ परराष्ट्रमन्त्री सुजाता कोइराला आज स्वदेश फर्कनुभएको छ। स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कोइरालाले भ्रमण अत्यन्त उपलब्धी भएको बताउनुभयो। सो अवसरमा नेपालको शान्ति प्रक्रियाबारे विश्वलाई अवगत गराउन आफु सफल भएको उहाँको दावी थियो। उहाँले विभिन्न देशका प्रतिनिधिसँग नेपालको व्यापारघाटा कम गर्न प्रस्ताव गरेको बताउनुभयो। गार्मेन्ट र पस्मिनाको निर्यातका सम्बन्धमा अमेरिकी सरकारसँग आफूले प्रस्ताव गरेको र त्यसमा अमेरिका सकारात्मक रहेको उहाँको भनाइ थियो। महासभामा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपालसँगै अमेरिका जानुभएकी कोइराला अन्य कार्यक्रममा सहभागी भइ आज स्वदेश फर्कनुभएको हो।



कार्यालय भित्रै आफ्नै सहकर्मीद्वारा महिला प्रहरी बलात्कृत,न्याय माग्दै पीडित डिआईजी कार्यालय धनगढीमा


जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एक महिला प्रहरी जवान कार्यालयभित्रै बलात्कृत भएकी छिन्। आफ्नै कार्यालयका प्रहरी सहायक निरीक्षक सहित ६ जनाले महानवमीको दिन सामूहिक बलात्कार गरेको आरोप उनले लगाएकी छिन्। आफूलाई बलात्कार गरिएको बारे उनले धनगढीस्थित डिआइजी कार्यालयमा उजुरी दिएपछि सो घटनाको खुलासा भएको हो। एक जना प्रहरी सहायक निरीक्षक, हवल्दारद्वय वीरेन्द्र वम र वीरादत्त वडु, प्रहरी जवानद्वय नरिभान महतरा र नरवीर थलालले आफूलाई सामुहिक वलात्कार गरेको ती महिला प्रहरीले आफ्नो उजुरीमा जनाएकी छिन्। गाँजा खुवाएर आफूमाथि ६ जना प्रहरीले आफूलाई बलात्कार गरेको आरोप उनले लगाएकी छिन्। वलात्कृत महिला प्रहरी अहिले डिआइजी निवास धनगढी छिन्।





माओवादी कार्यकर्ताले आक्रमण

डडेल्धुरा, असोज १७ बैतडी जिल्लाको सरकोट गाविस १ खोच्लेकमा रहेको प्रहरी चौकीमा स्थानीय माओवादी कार्यकर्ताले आक्रमण गरेका छन्।आक्रमणमा परी चौकी इन्चार्ज रामसिंह धामी सहित चार प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी जवान शेरबहादुर कार्की, इन्द्रदेव भट्ट र पदमसिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक नवराज भट्टले जानकारी दिए।



१७ असोज, कावासोति । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले बर्तमान सरकारराजसंस्था व्युँताउने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । उहाँले नागरिककोसर्बोच्चता र शान्तिप्रक्रियामा बर्तमान सरकार नै बाधक रहेको दावी गर्नुभयो ...


दसैंको विदापछि राजधानीमा चहलपहल सुरु भए तापनि व्यापारिक गतिविधिहरु भने बढ्न सकेको छैन। राजधानीबाट यसपटक ठूलो संख्यामा सर्वसाधारण आ–आफ्नो घर फर्किएकाले अझै व्यापारिक चहलपहल सुरु हुन सकेको छैन।

चीनमा आधुनिककरण र प्रजातान्त्रिक प्रक्रियाको विकासबाट कृषिमा आर्थिक क्रान्ति
चीनले पछिल्लो समयमा कृषि क्षेत्रमा पनि उपलब्धि हासिल गरेको छ। चीनले हासिल गरेको आर्थिक संवृद्धि विश्व समुदायका लागि उदाहरण बनेको छ।


१७ असोज, कावासोति । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले बर्तमान सरकार ढलिसकेको राजसंस्था व्युँताउने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । उहाँले नागरिकको सर्बोच्चता र शान्तिप्रक्रियामा बर्तमान सरकार नै बाधक रहेको दावी गर्नुभयो ...




डिभी चिठ्ठा खुल्यो
१६ असोज काठमाडौं । सन् २००११ को लागि अमेरिकन डिभी चिठ्ठा आजदेखि खुल्ला गरिएको छ । नेपालस्थित अमेरिकन दूताबासका अनुसार डिसेम्बर एक अर्थात् मङ्सीर १६ गतेसम्ममा डिभी चिठ्ठाको लागि आवेदन दिईसक्नु पर्नेछ ।
कम्तिमा प्रविणता प्रमाणपत्र तह कक्षा उत्तीर्ण वा १२ कक्षासम्म शिक्षा लिएकाहरुले मात्र चिठ्ठाका लागि आवेदन दिन सक्नेछन् । सन् २०१० को डिभी चिठ्ठामा छनौट भएकाहरुको अन्तबार्ता पनि खुल्ला गरिएको दुताबासले जनाएको छ



सीटीईभीटीमा अनिश्चितकालीन तालाबन्दी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सीटीइभीटी) कर्मचारी सङ्घ केन्द्रीय समितिले सीटीईभीटीको मूलढोकामा शुक्रबारदेखि अनिश्चतकालीन तालाबन्दी गरेको छ।

भौराटार हत्याकाण्ड छानबिन समिति
१६ असोज, पर्सा । पर्साको भौराटारमा हिँजो सशस्त्र प्रहरीको गोली प्रहारबाट सर्बसाधारणको मृत्यु भएको घटनाको छानबिन गर्न दुईवटा छुट्टाछुट्टै छानविन समिति गठन गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतको संयोजकत्वमा बेग्लाबेग्लै छानबिन समिति गठन गरिएको हो ।
हिजो बिहान प्रहरीले चलाएको गोली लागेर भौराटार-७ का आठ वर्षीय रुपेश साह र १८ वर्षीय सन्दीप साह कानुको मृत्यु भएको थियो भने प्रहरीको सुराकी बताउने हरपुर-६ का राजकुमार पटेललाई गाउँलेले कुटेर मारेका थिए ।
भौराटारमा हतियार लुकाएर राखेको सुराकीको आधारमा छापा मार्न गएको प्रहरीलाई गाउँलेले नियन्त्रणमा लिएपछि प्रहरीले गोली चलाएको थियो ।

साझा संकल्प प्रस्तावको मस्यौदा तयार गर्न दलहरु गृहकार्यमा, प्रस्तावलाई अन्तिम रुप दिन प्रमुख तीन दलको बैठक बस्दै



साझा संकल्प प्रस्ताव ल्याउने प्रमुख तीन दलबीच सहमति भएपछि त्यसको मस्यौदा तयार गर्न दलहरु गृहकार्यमा लागेका छन्। नेकपा एमाले र नेपाली कंग्रेसका प्रतिनिधिहरु मस्यौदा तयार गर्न जुटेका छन्। एमाले, कंग्रेस र माओवादीको हिजो बसेको बैठकले मस्यौदा तयार गर्न एमाले र कंग्रेसलाई जिम्मा दिएको थियो। मस्यौदा तयार भएपछि आजै बस्ने प्रमुख तीन दलको बैठकले त्यसलाई अन्तिम रुप दिने बुझएको छ। दलहरुबीच देखिएको असहमितका बुँदाहरुलाई पृष्ठभूमीमा राख्ने र सहमति हुन सक्ने बुँदाहरु लाई अन्तिम रुप दिने दलहरुबीच सहमति भएको बताइएको छ। एमाले, कंग्रेस र माओवादीको बैठक साँझ पाँच बजे सिंहदरबारस्थित एमाले संविधानसभा दलको कार्यालयमा बस्ने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो। साझा संकल्प ल्याउने दलहरुबीच सहमति भएपछि चार महिनादेखिको राजनीतिक गतिरोध अन्त्य हुने सकारात्मक संकेत देखापरेको छ। दलहरुबीच तिक्तता बढ्दै जाँदा नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषय प्रभावित बन्दै आएको छ।

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस, दलका शीर्ष नेताहरुद्वारा अहिंसाको राजनीतिमा जोड


प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले अहिंसाको राजनीतिबाट मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्। एक सय चालिसौं महात्मा गान्धी जन्मोत्सव तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा तक्षशीला एकेडेमीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली कंग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सो प्रतिबद्धता

नेकपा माओवादी स्थायी समितिको बैठक



१६ असोज, काठमाडौं । नागरिक सर्बोच्चताको लागि आन्दोलनरत एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक आज बस्दैछ । कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीको आगामी महाधिबेशनको बिषयमा छलफल हुनेछ ।

प्रमुख तीन दलको बैठक आज
१६ असोज, काठमाडौं । संसदमा लैजाने साझा संकल्प प्रस्तावलाई अन्तिम रुप दिन प्रमुख तीन दलको बैठक आज बस्दैछ ।


बसको छतवाट खसेर
बसको छतवाट खसेर आज साँझ चितवनमा एक जनाको मृत्यु भएको छ

1 comment:

OUR NEPAL