search

Custom Search

Thursday, October 1, 2009

बिजनेश खबर

लगानी गर्न भारतीय इच्छुक

काठमाडौ, २०६६ कार्तिक १२ - भारतीय उद्योग संघका प्रतिनिधिले नेपालमा लगानी बढ्न सक्ने बताएका छन् । यहाँको भ्रमणमा रहेका प्रतिनिधि मण्डलका संयोजक भिजी शक्ति कुमारले यहाँ विशेष प्रकारको सम्भावना रहेकाले लगानीको सम्भावना रहेको बताए ।'नेपालमा लगानीको विशेष आकर्षण छ,' उनले कान्तिपुरलाई भने, 'शिक्षा, स्वास्थ्य, पर्यटन लगायत क्षेत्रमा लगानी आउन सक्छ ।'

साथै भारतमा पनि नेपालमा लगानीका सम्भावनाबारे लगानीकर्ताहरूलाई जानकारी गराउने उनले बताए । 'हामी नेपालको सम्भावनाबारे त्यहाँ जानकारी गराउँछौ,' उनले भने ।
यसैबीच उनीहरूले उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग पनि बुधबार छलफल गरेका छन् । नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरूले पूर्वाधार र नीतिगत स्थायित्व चाहिरहेको उनले बताए । 'पूर्वाधार र सहयोगी वाणिज्य नीतिको आवश्यकता छ,' उनले भने ।नेपालको संक्रमणकालले नेपाली र भारतीय लगानीकर्ताहरूलाई पनि प्रभाव परिरहेको महासंघका अध्यक्ष कुशकुमार जोशीको धारणा थियो । 'नेपाल भारतबीच परिमार्जित सन्धि पास भएपछिको यो बैठक सकारात्मक छ,' उनले छलफलपछि भने, 'तर यसका लागि यहाँको औद्योगिक वातावरण अनुकूल हुनुपर्छ ।'


छैटौं दिन पनि ओरालै

काठमाडौ, २०६६ कार्तिक १२ - लगातार छैटौं दिन नेप्से ओरालो लागेको छ । बुधबार नेप्से ५ दशमलव ४ अंकले झरेर ५ सय ८५ दशमलव ४ बिन्दुमा पुगेको छ ।

जलविद्युतबाहेक सबै समूहमा गिरावट आएको छ । जलविद्युत ६ दशमलव २ अंकले बढेको छ । सबैभन्दा ठूलो गिरावट वाणिज्य बैंक समूहमा आएको छ । यो ७ दशमलव ६ अंकले घटेको छ । अन्य समूहमा पनि ५ दशमलव ८८ अंकले घटेको छ । बुधबार सिभिल मर्चेन्ट वित्तीय संस्था, पिपल्स फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । यसबाहेक निर्धन उत्थान बैंकको बोनस सेयर पनि सूचीकृत भएको छ । सिद्धार्थ बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नगद लाभांशको प्रस्ताव गरेका छन् । बैंकले १ प्रतिशत र विकास बैंकले ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेका छन् । यी प्रस्ताव नेपाल राष्ट्र बैंक र वाषिर्क साधारणसभाबाट पारित भएपछि लागू हुनेछन् । मर्चेन्ट फाइनान्स कम्पनी, विराट लक्ष्मी विकास, प्रभु फाइनान्स कम्पनी, राष्ट्रिय बिमा संस्थान र ग्लोबल बैंकका सेयरधनीले धेरै कमाएका छन् । अर्कोतर्फ सिटिजन्स इन्टरनेसनल, मालिका विकास, अपी फाइनान्स, हिमालयन र गोर्खा फाइनान्सका सेयरधनीले धेरै गुमाएका छन् । बुधबार ३ करोड ३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

भीडभाडले सयौं कन्टेनर कोलकातामा रोकिए


काठमाडौ, २०६६ कार्तिक ६ - कोलकाता बन्दरगाहमा अत्यधिक भीडभाड भएकाले मुलुकमा आयात गर्नुपर्ने सयौ कण्टेनर हप्तौदेखि त्यही जाममा परेकाले छन् । यसले गर्दा आयातकर्ताहरू करोडौं रुपैयाँ विलम्ब शुल्क तिर्न बाध्य छन् ।

जहाजबाट बन्दरगाहमा कन्टेनर ओराले पछि नेपाल भित्र्याई सामान अनलोड गरेर फेरि र्फकन आयातकर्ताले चौध दिनको समय पाउने गर्छन् । दुई साताभित्र कन्टेनर कोलकातास्थित टर्मिनलमा नपुगे विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ । भीडभाडले बन्दरगाहबाट कन्टेनर निकाल्न नसकेकाले करोडौं रुपैयाँ विलम्ब शुल्क तिर्नुपरिरहेकोव्यवसायीको गुनासो छ ।

'बन्दरगाहबाट कन्टेनर निकाल्नै दुई साता लाग्ने अवस्था छ,' व्यवसायी प्रदीप केडियाले भने, 'हरेक कन्टेनरमा २० देखि ४० हजार रुपैयाँ विलम्ब शुल्क बुझाइरहेका छौं ।' मासिक ३ हजार ५ सय कन्टेनर बन्दरगाहमार्फत मुलुक भित्रिने गरेको छ ।

यति मात्र होइन जहाज कम्पनीले कन्जेसन शुल्कवापत प्रतिकन्टेनर २ सय ५० डलर -१८ हजार ५ सय रुपैयाँ) अतिरिक्त शुल्क पनि लिन थालेको केडियाले जनाए । 'कन्जेसनको कारण जनाउँदै जहाज कम्पनीले नेपालका कन्टेनर बुकिङ गर्न आनाकानी गर्न थालेको छ,' उनले भने ।

पानीको सतह घटेकाले हल्दिया बन्दरगाह बन्द भएको छ । यसले कोलकातामा जहाजको चाप बढेको हो । कोलकातामा ह्यान्डल गर्ने क्षमता नबढाइएकाले बन्दरगाहमा भीडभाड बढेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले बताए । 'हल्दिया बन्दरगाह बन्द भएपछि कोलकातामा २३ प्रतिशतले कार्गो वृद्धि भएको छ,' उनले भने, 'तर ती कार्गो ह्यान्डल गर्ने क्षमता बन्दरगाहसँग छैन् ।' उनका अनुसार कन्टेनर उठाएर लोड गर्न जम्मा एउटा स्टेकर छ । वीरगन्ज सुख्खा बन्दरगाहमै चारवटा स्टेकर छन् ।

जहाज बर्थमा आइपुगेपछि कन्टेनर ओराल्ने र ढुवानीको साधनमा लोड गर्ने काम बन्दरगाहले गर्छ । राणाका अनुसार वीरगन्ज सुख्खा बन्दरगाहमा कन्टेनर ल्याउन अहिले ६ रेल कोलकाता बन्दरगाहमा प्रतीक्षारत छन् । 'तर बन्दरगाहले जहाजबाट ओरालिएका कन्टेनर रेलमा लोड गर्न भ्याएको छैन्,' उनले भने । रेलबाट ल्याउँदा विलम्ब शुल्क तिनर्ुपर्ने भएपछि कतिपय आयातकर्ताले सडकमार्गबाट ढुवानी गर्न थालेका छन् । एउटा मात्र कन्टेनर निकाल्न पाए पनि ट्रकमा लोड गरेर ल्याउन सकिने भएकाले आयातकर्ताले सडक मार्ग प्रयोग गरेका हुन् । सडकमार्गबाट ढुवानी भाडा २० देखि २५ हजार रुपैयाँ बढी पर्छ । सडकमार्गको प्रयोग बढेकाले सुख्खा बन्दरगाहमार्फत आउने कन्टेनरको संख्या घटेको छ । राणाका अनुसार मासिक १ हजार ६ सय कन्टेनर भित्रिने बन्दरगाहमा अहिले १ हजार ४ सय भित्रिने गरेको छ ।
बन्दरगाहको अव्यवस्थाको कारण आयातकर्ताले विलम्ब शुल्क तिनर्ुपरेको वषार्ंै भइसकेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारियाका अनुसार भीडभाडले विकराल रूप लिएकै पनि तीन महिना नाघेको छ । कोलकाता निकै अव्यस्थित बन्दरगाहमा गणना हुनेगर्छ । पुरानो बन्दरगाहका पूर्वाधार जीर्ण अवस्थामा छन् । व्यापार सहजीकरणका लागि सरकारी तहबाटै बन्दरगाहको पूर्वाधार निर्माण मर्मतको लागि पहल हुनुपर्ने सिकारियाले बताए ।

मन्त्रालय अनभिज्ञ

बन्दरगाहको अव्यवस्थाको कारण व्यवसायीे लामो समयदेखि पीडित भएकाबारे वाणिज्य मन्त्रालयले अनभिज्ञता जनाएको

छ । 'यसबारे मलाईं कुनै जानकारी छैन्,' मन्त्री राजेन्द्र महतोले बिहीबार कान्तिपुरसँग भने ।

वीरगन्ज उद्योग वाणिज्य संघले भने तीन महिनाको अवधिमा दर्जनौं पटक सम्बद्ध निकायको ध्यानाकर्षण गराए पनि समाधानमा ठोस पहल हुन नसकेको जनाएको छ । 'वाणिज्य मन्त्रालय र कोलकातास्थित महावाणिज्य दूतावासलाई पटकपटक अनुरोध गरिसकेका छौंं,' अध्यक्ष सिकारियाले भने, 'बन्दरगाह व्यवस्थापनसम्म गुहार्‍यांै ।' सरकारी उच्च तहबाटै समाधानको पहल हुनुपर्ने उनको भनाइ छ ।

बन्दरगाह क्षेत्रमा पारवहन तथा गोदाम व्यवस्था कम्पनीको जग्गा प्रयोगविहीन अवस्थामा रहेको छ । उक्त जग्गा प्रयोगमा ल्याउन सके पनि आयातकर्तालाई राहत पुग्ने आयातकर्ता केडिया बताउँछन् । 'बन्दरगाहमा भीडभाड भएको बेला नेपालका कन्टेनर त्यहाँ राख्ने हो भने ढुवानी छिटोछरितो हुन्छ,' उनले भने ।


सुन मूल्य घट्यो



ाठमाडौ, २०६६ आश्विन १८ - यस सताको अन्तिमदिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य यसअघिको मूल्यभन्दा तोलामा ४ सय रुपैयाँले घटेको छ । दसंैअघि असोज ८ गते स्थानीय बजारमा प्रतितोला सुनको मूल्य २९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि स्थानीय बजारमा सुनको मूल्य निर्धारण भएको थिएन् । दसंैपछि कारोवार सुरु भएको पहिलो दिन शुक्रबार प्रतितोला सुनको मूल्य २९ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेलो धातुको मूल्यमा आएको गिरावट र अमेरिकी डलर भारतीय रुपैयाका दाजोमा कमजोर भएकाले स्थानीय बजारमा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । असोज ८ गते प्रतिआन्उस सुनको मूल्य १ हजार १० अमेरिकी डलर थियो । शुक्रबार घटेर प्रतिआउन्स मूल्य १ हजार १ डलर कायम भएको छ । 'दसै बिदामा स्थानीय बजारमा सुनको मूल्य निर्धारण भएन,' शाक्य भन्छन्, 'तर अन्तर्राष्ट्रिय बजारमा यस अवधिमा सुनको मूल्यमा उच्चदरले घटबढ भएको थियो ।'




सीधा युरोप उडान बुधबारदेखि


काठमाडौ, २०६६ आश्विन २० - लामो समयपछि नेपाल र युरोपेली देशबीच सीधा उडान बुधबारदेखि पुनः सुरु हुने भएको छ । नेदरल्यान्डको 'आर्के फ्लाई' ले नेपाल युरोप उडान भर्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यो विमान दिउँसो अढाई बजे युरोपतर्फ उडनेछ । पाँच वर्षयता युरोपका लागि सीधा उडान थिएन । युरोप उडान भर्दै आएको नेपाल वायुसेवा निगमसँग लामो रुटको जहाज नभएकाले पाँच वर्षअघि बन्द भएको थियो । निगमले रुसको मस्को, बि्रटेको गेटविक र जर्मनीको फ्यांकर्फटमा उडान भर्दै आएको थियो । अघिल्लो दशकमा निगमले युरोपका लागि सीधा उडान खोल्दै बन्द गर्दै गरेकामा पाँच वर्षयता पूर्ण रूपमा बन्द थियो । त्यसै बेला युरोपेली विमान कम्पनी अस्टि्रयन एयरलाइन्सले पनि काठमाडौंको सीधा उडान रद्द गरेको थियो । सरकार र युरोपियनसँग केही समयअघिको नयाँ हवाई सेवा सम्झौताअनुसार 'आर्के फ्लाई' ले उडान सुरु गर्ने भएको मन्त्रालयका सहप्रवक्ता रामप्रसाद भट्टराईले बताए । 'तर एयरलाइन्सले हप्तामा कति उडान गर्ने भन्नेबारे निक्र्योल भइसकेको छैन,' उनले भने, 'एयरलाइन्सले खर्च र नाफाको आधारमा निर्णय गर्न सक्छ
नेप्से घट्यो

काठमाडौ, २०६६ आश्विन २१ - सेयर बजारमा मंगलबार गिरावट आएको छ । कारोबार मापक परिसूचक नेप्से २३ दशमलव ६९ अंकले घटेर ६ सय १३ दशमलव १८ अंकमा आइपुगेको छ । बैंकिङ परिसूचकमा आएको भारी गिरावटले परिसूचकलाई ओरालोतर्फ धकेलेको हो । बैंकिङ परिसूचकमा एक दिनमा ३९ दशमलव २८ अंकको गिरावट आएको छ । यससँगै बैंकिङ परिसूचक ६ सय ४ अंकमा झरेको छ ।मंगलबार सेन्सेटिभ इन्डेक्स र पmलोट इन्डेक्समा पनि गिरावट आएको छ । सेन्सेटिभ इन्डेक्स ८ अंकले झरेर १ सय ५५ अंकमा पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको मंगलबार किताब बन्द हुँदा बैंकको सेयरमा आएको गिरावटले परिसूचक तल झरेको हो । चार्टर्डको प्रतिशत सेयर मूल्य २६ दशमलव ६७ प्रतिशतले घटेको छ । यसैगरी मूल्य घट्ने अन्य कम्पनीहरूमा किस्ट बैंक र एनएमबी बैंक पनि छन् । यता वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, एनआइडिसीका सेयरधनीहरू कमाउनेको सूचीको अग्रस्थानमा छन्






कृषिजन्य वस्तुमा जिल्लैपिच्छे निकासी कर

विराटनगर, २०६६ आश्विन २१ - उत्पत्ति जिल्लामा एक प्रतिशत निकासी कर तिरे पछि अन्य कहीँ पनि नलाग्ने व्यवस्था भए पनि प्रत्येक जिविसले स्थानीय स्वायत्त शासन ऐनविपरीत कृषिजन्य वस्तुमा राजस्व उठाइरहेका छन् । यसले व्यवसायी मारमा परेका छन् नै करको प्रत्यक्ष असर उपभोग्य वस्तुमा परी मूल्य वृद्धि हुने भएकाले उपभोक्तासमेत मार्कामा परेका छन् । स्थानीय स्वायत्त शासन ऐनमा कृषिजन्य वस्तुको उत्पत्ति जिल्लामा अधिकतम एक प्रतिशत निकासी कर तिरेपछि गन्तव्यमा नपुगुन्जेल कहीँ पनि राजस्व नलाग्ने स्पष्ट व्यवस्था छ । तर ढुवानी गर्दा बाटामा पर्ने प्रत्येक जिविसले जबर्जस्ती कर असुलिरहेका छन् । जिविसले कर असुलीका लागि ठेक्का लगाउने गरेको छ । ठेकेदारले राजमार्गमा ढाट राख्दै गुन्डा युवासमेत परिचालन गरी जबर्जस्ती कर असुलिरहेका छन् । ती ढाटमा व्यवसायी एवं सवारी चालकले आन्तरिक उत्पादनको मात्र हैन, भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएको कृषि उत्पादनमासमेत कर तिनर्ुपरिरहेको छ । यसको असरले कृषि उत्पादनको मूल्य प्रतिकिलो १ रुपैयाँ ५० पैसासम्म वृद्धि हुने गरेको व्यवसायी बताउँछन् । ब्यवसायीले यसबारे पटकपटक आवाज उठाए पनि जिविसहरू मौन बस्ने गरेका छन् ।

जापानको बेरोजगारी दरमा कमी
१९ असोज, काठमाण्डौं । विश्व आर्थिक मन्दीको मार झेलिरहेको विश्वकै ठूलो अर्थतन्त्र मध्येको एक जापानमा बेरोजगारको दरमा कमी आउनुलाई आर्थिक सुधारको संकेतको रुपमा हेरिएको छ ।
जापानमा बेरोजगारीको दर अगस्ट २००९ मा आर्थिक मन्दी पछिकै उच्च ५ दशमलब ७ प्रतिशतमा रहेको भए तापनि त्यसमा हाल सुधार आएर करिब ५ दशमलव ५ प्रतिशतको हाराहारीमा पुगिसकेको बताइएको छ ।
अझै पनि जापानमा बेरोजगारहरूका सङ्ख्या निकै उच्च रहेको र त्यो सङ्ख्या करिब ३६ लाखको नजिक रहेको कुरा सर्भेक्षणहरूले देखाएको छ । विगत छ वर्षमै उच्च वेरोजगारी दर खेपेको जापानको अर्थतन्त्रमा यस समस्याबाट पार पाउनका लागि लक्षित गरिएको समय अगावै बेरोजगारी समस्या हल गर्ने दिशामा राम्रो प्रगति हासिल भएको अवस्था छ ।
हाल जापानमा बेरोजगारीको समस्यामा केही सुधार आएको भए तापानि क्षेत्रगत रुपमा हेर्ने हो भने औद्योगिक क्षेत्रमा थप रोजगारीको सिर्जना निकै कम भएको तर सेवा क्षेत्रको रोजगारीमा भने बढोत्तरी राम्रो रहको पाइएको छ ।

जापानका श्रममन्त्री अकिरा नागात्सुमाका अनुसार हाल जापानको रोजगारी क्षेत्रमा भएको प्रगतिको विवरणहरूले केही सुधारका संकेत अवश्य पनि दिएको तर अझै धेरै सुधार हुन बाँकी छ तर आगामी दिनहरूमा विश्वको समग्र अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जनाले थप गति लिने कुरामा भने आशावादी हुन सकिन्छ । स्रोतः एजेन्सी


बिमा कम्पनीका पुँजी वृद्धि अन्तिम चरणमा
काठमाडौ, २०६६ आश्विन १८ - बिमा ऐन २०४९ अनुसार चुक्ता पुँजी वृद्धि गर्ने प्रावधान समयभन्दा एक वर्ष ढिलो हुने भएको छ । अन्तिम चरणमा ६ कम्पनीले चुक्ता पुँजी वृद्धिको तयारी सकेका छन् । ऐनले जीवन बिमा व्यवसायका लागि कम्तीमा २५ करोड र निर्जीवनका लागि १० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । यो पुँजी संरचना आर्थिक वर्ष २०६४/०६५ भित्र पूरा भइसक्नुपर्ने थियो । सबैभन्दा पछि पुँजी बढाउन बाँकी कम्पनीमा हिमालयन जनरल, पि्रमियर, नेको, युनाइटेड, नेसनल लाइफ, एलाइन्स र राष्ट्रिय बिमा संस्थान परेका थिए । हिमालयनले हकप्रद र पि्रमियरले हकप्रदका साथै बोनस सेयरमार्फत चुक्ता पुँुजी रकम ऐनअनुसार पुर्‍याइसकेको छ । यसका साथै नेको इन्स्योरेन्सले पनि पूरा गरिसकेको छ ।युनाइटेड, नेसनल लाइफले पनि वृद्धि गरिसकेका छन् । एलाइन्स इन्स्योरेन्सले सबैभन्दा पछि हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । नियमअनुसार एलाइन्स इन्स्योरेन्सले प्रवर्द्धक र १ प्रतिशतभन्दा बढी सेयर भएकालाई हकप्रद बाढेपछि सर्वसाधारण सेयरधनीलाई दिनेछ । यसपछि कम्पनीले प्रावधानअनुरूप चुक्ता पुँजी पूरा गर्ने छ । संस्थानले जीवन बिमाको चुक्ता पँुजी वृद्धि गर्न बाँकी छ । यसको निर्जीवन बिमाको पुँजी भने प्रावधानअनुरूप छ । यसबाहेक जीवन र निर्जीवन बिमा व्यवसाय एकै कम्पनीले गर्न नपाउने व्यवस्था पनि ऐनमा छ । तर यो प्रावधान निजीमा लागू भए पनि सरकारी स्वामित्वको संस्थानमा लागू हुन सकेको छैन । 'संस्थानले प्रावधान पूरा नगर्दा निजी कम्पनीले पनि गुनासो गरेका छन््' बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले भने । लामो समय लगाएर कम्पनीहरूले प्रावधान पूरा गरिरहेको अवस्था भए पनि बिमा समितिले चुक्ता पुँजीको आकार अझ बढाउने तयारी गरिरहेको छ । 'बैंकमा जस्तो सर्वसाधारण आफ्नो पैसा झक्िन नपाउने भएकाले फटाइ हुन नदिन बिमा कम्पनीको चुक्ता पुँजी अझ वृद्धि गनर्ुपर्ने आवश्यकता छ' केसीले भने । समितिका अनुसार सञ्चालनमा रहेका ओरेन्टल, एलआईसी र एलिको भने विदेशी कम्पनीको शाखाका रूपमा रहेकाले तिनमा यो प्रावधान लागू हुँदैन ।


नोट अभाव पातलियो
काठमाडौ, २०६६ आश्विन १९ - दसंै अगाडिको चरम नोट अभाव केही मथ्थर हँुदै गएको छ । बैंकहरूले चेक र एटीएम रकम झिक्नलाई लगाएको सीमा खुकुलो बनाएका छन् । 'चेकबाट भुक्तानी लिन चाहनेलाई २५ लाख सम्म दिन सकिने अवस्था भएको छ,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने । यसैगरी यसअघि एटीएमबाट दिनमा १० हजार रुपैयाँमात्रै झिक्न पाउने बन्देज लगाइएकामा यो सीमा पनि बढाइएको उनले बताए । 'एससिटी नेटवर्कले एक पटकमा १६ हजारको सीमा तोकेको छ,' उनले भने, 'एक सातामा सर्वसाधारणले चाहिए जति रकम झिक्न सक्नेछन् ।' दसंैपछि माग घट्दै गएको र सर्वसाधारणले रकम जम्मा गर्न थालेकाले सहज भएको बैंकर्सको अनुभव छ । आइतबार करिब १० बैंकले संकलित निक्षेप राष्ट्र बैंकमा समेत जम्मा गरेको जोशीले जानकारी दिए । राष्ट्र बैंकका अनुसार करिब १ अर्ब १ करोड रुपैयाँ बैंकले जम्मा गरेका छन् । यसैगरी २२ करोड रुपैयाँ लगेको जनाएको छ ।तर सरकारी बैंक राष्ट्रिय वाणिज्य र नेपाल बैंकका केही शाखामा भने रकम अभाव देखिएको उपभोक्ताको गुनासो छ । 'कुनै शाखामा समस्या देखिएको हुनसक्छ,' जोशीले भने, 'तर पनि बढी रकम भएको बैंकले अर्कोलाई दिएर व्यवस्थापन गरिएको छ ।'दसंै अगाडिको चरम अभावले सर्वसाधारणले निर्धक्कसँग किनमेल गर्न पाएका थिएनन् । जसले बैंकिङ प्रणालीप्रति नै विश्वास गुम्न सक्ने आशंका भइरहे पनि निक्षेप संकलन बढिरहेको जोशीले बताए । '८५ देखि ९० प्रतिशत समस्या समाधान भइसकेको छ,' उनले भने, 'विश्वासको संकट देखिएको छैन ।'यसैबीच पmान्समा छापिएका पाँच सय दरका नोट कोलकता आइपुगेको राष्ट्र बैंकले जनाएको छ । यी नोट शुक्रबारसम्म नेपाल आइपुग्ने राष्ट्र बैंकले जनाएको छ । यी नोट १५ अर्ब ५० करोड रुपैयाँ बराबरका छन् । २० अर्ब रुपैयाँ छाप्न दिइएकामा यसअघि ४ अर्ब ५० करोड रुपैयाँ नेपाल आइसकेको छ । पmान्सको आर्थर टेक्नोलोजीले छापेका यी नोट समयमा नआएकाले समस्या भएको राष्ट्र बैंकको जिकिर छ । नोटको अभाव गहिरिएपछि दसंैअघि सामान्य त्रुटि भएका नोटसमेत बजारमा ल्याई केन्द्रीय बैंकले माग धान्ने प्रयास गरेको थियो ।राष्ट्र बैंकविरुद्ध रिटकाठमाडौं- मुद्रा संकट समाधानका लागि परमादेश माग गर्दैै राष्ट्र बैंकको नाममा आइतबार रिट दायर भएको छ ।अधिवक्ता हेममणि सुवेदीले सर्वोच्चमा दायर गरेको रिटमा भारतीय नोट प्रचलन नगर्नु, त्रुटिपूर्ण नोट कारोबार बन्द गर्नु र सर्वसाधारणसमक्ष पुगिसकेको त्रुटिपूर्ण नोट पुनः संकलन गर्नु भन्ने समेत परमादेश जारीको माग गरिएको छ ।राष्ट्र बैंक ऐन, २०५८ मा कर्तव्य पालन नगर्ने, लापरवाही गर्ने र अपूणरीय राष्ट्रिय क्षति पुग्ने कार्य गर्ने सञ्चालक कर्मचारीमाथि तथा पदाधिकारीलाई कारबाही व्यवस्था नभएको रिटमा उल्लेख छ । कर्तव्य पालन नगर्ने र क्षति पुर्‍याउने कर्मचारी तथा पदाधिकारीलाई कारबाही गर्ने व्यवस्थासहित ऐनमा थप तथा संशोधनको प्रक्रिया अघि बढाउन पनि निर्देशनात्मक आदेशको माग गरिएको छ ।रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा बैंकका पदाधिकारी तथा कर्मचारीले गरेको अनुचित कार्यको तुरुन्त छानबिन र कारबाहीको आदेश जारी गर्न पनि माग छ ।


यार्चामा दलालको बिगबिगी
काठमाडौ, २०६६ आश्विन १९ - दाचर्ुलाका एक व्यापारी यार्चागुम्बु लिएर दुई महिनाअघि काठमाडौं आए । उनलाई साथीहरूले भने, 'जसलाई पायो त्यसलाई नबेच । चीनबाट ठूला व्यापारी आएर ठमेलमा बसेका छन्, धेरै पैसा हाल्छन् ।' त्यस्ता क्रेता खोज्दै उनले ठमेल चहारे तर भेटाएनन् । यार्चाको भाउ पनि घट्यो । 'समयमा बुद्धि पुर्‍याइएन,' थक्कथक्क मान्दै उनी भन्छन्, 'दलालको पछि लागेर फसियो ।' महँगो मूल्य पर्ने हिमाली जडीबुटी यार्चागुम्बुका देशीविदेशी दलाल काठमाडौंमा जम्मा भएका छन् । नेपालमा राम्रो पाइने र बाहिर जाने मुख्य बाटो काठमाडौं भएकाले यसलाई धेरैले व्यापारिक केन्द्र बनाएका छन् । उनीहरूको तानातान र प्रलोभनले जिल्लाबाट संकलन गरेर ल्याएका साना व्यापारी अन्योलमा परेका छन् । हुँदाहुँदै भदौ मध्यतिर प्रतिकिलो ६ देखि साढे ६ लाख रुपैयाँमा कारोबार भएको यार्चाको मूल्य यतिबेला ४ देखि ५ लाखमा झरेको छ । यही कारण जिल्लाबाट बिक्रीका लागि ल्याएको ठूलो मात्रामा यार्चा राजधानीमै थन्किएको छ । दसैं अगाडिबाट खासै कारोबार नभएको व्यापारीहरू बताउँछन् । डुब्ने डर'उधारो दिए डुब्ने डर, हाताहाती चाहे नबिक्ने डर,' यार्चा व्यापारको समस्या हो । एकमुष्ट लाखौं रुपैयाँ निकाल्नुपर्ने भएकाले ठूला व्यापारी केही मात्रामा भए पनि बाँकी राख्न चाहन्छन् । 'त्यो पैसा नउठुन्जेल सधैं चिन्ता हुन्छ,' साना व्यापारी भन्छन् । दुई वर्षअघि दाचर्ुला खण्डेश्वरीका जसमल बोहरा, पोखर रोकाया, धनसिंह जगरीलगायतको डुबेको ७० लाख रुपैयाँभन्दा बढी अझै उठेको छैन ।त्यहाँका केही व्यापारीको समूहसँग एक तिब्बतीले ठूलो मात्रामा यार्चा किनेर त्यति पैसा बाँकी राखेका थिए । काठमाडौंमा २० दिनभित्र चुक्ता गर्ने सर्त थियो तर काठमाडौं आइनपुग्दै ती तिब्बती फरार भए ।मिस्टर फु भन्ने अर्का चिनियाँ केही नेपालीको करोडौं बाँकी राखेर बेपत्ता भएका छन् । 'त्यो मान्छे फर्केर आउने आस मारिसकेका छौं,' उनीबाट ३० लाखभन्दा बढी पाउनुपर्ने एक व्यापारी भन्छन् ।



उखु खेतीमा उद्योगले लगानी गर्ने

काठमाडौ, २०६६ आश्विन १६ - उखुको चर्को संकट हुने भएपछि चिनी उद्योग नै उखु खेतीमा लगानी गर्न कस्सिएको छ । सर्लाहीस्थित इन्दुशंकर चिनी उद्योगले यसपालि उखुखेती प्रोत्साहित गर्न किसानलाई १ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ ।खेती गर्नेलाई उखुको उन्नत बीउबिजन, मलखाद, कीटनाशकमा रकम खर्च गरिने योजना छ । मिलगेट क्षेत्र भनिने उद्योग रहेको हरिऔनलगायत वरपरका सासापुर, घुर्कौली, नेत्रगन्ज, अत्रौली, ढुङ्ग्रेखोला, कर्मैया गरी सात गाविसमा उखुखेती प्रोत्साहित गर्न रकम खर्च गरिने छ । साथै उखुमा मिश्रति बालीको रूपमा आलुखेती गर्ने जिल्ल्ााभरिका किसान लाभान्वित हुने उद्योगका महाप्रबन्धक विजयकान्त झाले जनाए ।कार्यक्रमबाट लाभ पाउन किसानले उद्योगले राखेका मापदण्ड पूरा गर्नुपर्ने छ । महाप्रबन्धक झाका अनुसार ३ फिटको दूरीमा उखु रोप्नु जरुरी छ । कम्तीमा ३ फिट गहिरो खाल्टो खनेर बीउ रोप्नुपर्ने छ । यसरी रोप्दा उत्पादकत्व बढ्ने भएकाले मापदण्ड तोक्नु परेको झाले बताए । उनका अनुसार उखुसँग मिश्रति बालीमा आलुले मात्र उत्पादकत्व बढाउने भएकाले अरू बाली लगाउनेले उद्योगको राहत पाउने छैनन् ।यसबाहेक उखुखेती भए पनि बाटोको कारण ढुवानीको गर्न समस्या परेको पत्थरकोट गाविसमा बाटो निर्माणमा उद्योगले लगानी गर्ने भएको छ । 'बाटो निर्माणमा लागतको ५० प्रतिशत उद्योगले बेहोर्नेछ,' झाले भने, 'पाँच लाख रुपैयाँ जति उद्योगले खर्च गर्नुपर्ने छ ।'

किष्टले विदेशमा शाखा खोल्ने


काठमाडौ, २०६६ आश्विन १६ - यसै वर्ष वाणिज्य बैंकमा स्तरोन्नति भएको किष्ट बैंकले अब विदेशमा समेत शाखा खोल्ने भएको छ । यसका लागि सम्भाव्यता अध्ययन गर्न बैंकले आवेदनसमेत आह्वान गरिसकेको प्रबन्ध निर्देशक कमल ज्ञवालीले बताए । 'हाम्रो आह्वानपछि तीन कम्पनीले आवेदन दिएका छन्,' उनले भने, 'ती कम्पनीहरूले कुन देशमा कसरी शाखा खोल्दा राम्रो हुन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छन् ।' बैंकले मलेसिया, भारत, खाडी वा अस्ट्रेलियामध्ये एक देशमा तत्काल शाखा खोल्ने जनाएको छ । 'अध्ययनले जुन देशमा राम्रो देखाउँछ त्यहाँ तत्काल शाखा खोल्नेछौं,' उनले भने ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौदि्रक नीतिमार्फत नेपाली बैंकहरूले पनि विदेशमा शाखा खोल्न सक्ने सहुलियत दिएपछि बैंकहरू विदेशतिर सम्भावना हेर्न थालेका छन् । यसअघि नबिल बैंकले पनि विदेशमा शाखा खोल्ने तयारी भएको सार्वजनिक गरिसकेको छ । किष्टले शाखा खोल्न आवश्यक पुँजीकोष बढाउन आवश्यक भएकाले चुक्ता पुँजी बढाउने जनाएको छ । 'हामी चालू आर्थिक वर्षभित्र नै ५ अर्ब चुक्ता पुँजी पुर्‍याउने तयारीमा जुटेका छौं,' ज्ञवालीले भने, 'हकप्रद सेयर जारी गरेर पुँजी बढाउनेछौं ।' बैंकले १ दशमलव ५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने बताए । गत वैशाखमा वित्त कम्पनीबाट चुक्ता पुँजी २ अर्ब पुर्‍याएर किष्ट वाणिज्य बैंक बनेको हो । विदेशसँगै बैंकले देशभित्र पनि यसै आर्थिक वर्षभित्रमा ५० स्थानमा शाखा खोल्ने जनाएको छ




दसैंको विदा अवधिमा नेपाल टेलिकमलाई एसएमएसबाट मात्रै पचास लाख रुपैयाँ मुनाफा

चाडपर्वको अवधिभर नेपाल टेलिकमले एसएमएस सेवामा पचास प्रतिशत छुट दिएपछि ग्राहकहरु लाभान्वित बनेका छन्। यसका साथै दसैंको अवधिमा मात्रै टेलिकमले करिब एक करोड एसएमएसबाट पचास लाख रुपैयाँ मुनाफा गरेको छ।
डिभी चिठ्ठा खुल्यो
१६ असोज काठमाडौं । सन् २००११ को लागि अमेरिकन डिभी चिठ्ठा आजदेखि खुल्ला गरिएको छ । नेपालस्थित अमेरिकन दूताबासका अनुसार डिसेम्बर एक अर्थात् मङ्सीर १६ गतेसम्ममा डिभी चिठ्ठाको लागि आवेदन दिईसक्नु पर्नेछ । कम्तिमा प्रविणता प्रमाणपत्र तह कक्षा उत्तीर्ण वा १२ कक्षासम्म शिक्षा लिएकाहरुले मात्र चिठ्ठाका लागि आवेदन दिन सक्नेछन् । सन् २०१० को डिभी चिठ्ठामा छनौट भएकाहरुको अन्तबार्ता पनि खुल्ला गरिएको दुताबासले जनाएको

सजिलो छैन मलेसियाको कमाइ


क्वाललम्पुर, २०६६ आश्विन १५ - मलेसियाको नेपाल चोक भनेर चिनिने जलान मेडान पसारको जिरे खुर्सानी रेस्टुरेन्टमा भेटिएका पाँचथरका चार युवा घर फर्किने तयारीमा छन् तर यी युवा न ठूलो पmलयाट स्त्रिmन टिभीको खोजीमा छन् त चिटिक्कको मोबाइल बोक्ने हैसियत छ । यी त रोजगारीका लागि मलेसिया पुगेर ठगिएका युवा हुन् । यहाँ सुरक्षागार्डको जागिर पाइन्छ भनेर एक लाख रुपैयाँ गाउँकै एजेन्टलाई बुझाएपछि यी मलेसिया पुगेका हुन् । 'सेक्युरिटी भनेर यहाँ पठायो तर यहाँ तिमीहरू हँुदैन भनेर फर्काइदियो,' यीमध्येका एक ठाकुर नेम्बाङले भने । उनीसँगैका वसन्त नेम्बाङ, सुरेश नेम्बाङ र सुनील नेम्बाङ जिरे खुर्सानीमा शरण लिइरहेका छन् । यिनले जागिर नपाएको मात्रै होइन, पछि हेर्दै जाँदा यिनको भिसा पनि नक्कली रहेछ । 'एनसिएफ मेनपावरले यहाँ पठाएको हो,' ठाकुरले भने, 'पाँचथरमा एकेन्द्र भन्नेले पैसा लिएको हो ।' उनीहरू समस्यामा परेपछि गैरआवासीय नेपाली संघ मलेसियाका सदस्य विश्व राईले हालै नेपाल आउँदा रोजगार कम्पनी र एजेन्टसँग सम्पर्क पनि गरे छन् । '३०/३० हजार रुपैयाँ तिरिदिन्छु भनेको छ मेनपावरले,' राई भन्छन् तर ती युवा एक लाख एजेन्टलाई र २० हजार अन्य खर्च भनी एजेन्सीलाई बुझाएको दाबी गर्छन् । धेरै सोधखोज भएपछि रोजगार कम्पनीले त्यहाँस्थित राजदूतावासलाई पठाएको चिठीमा २०/२० हजार रुपैयाँ मात्रै लिएको उल्लेख भएको चिठी देखाए संघका अर्का सदस्य देव छन्त्यालले । यी पाँचथरे युवा त एउटा उदाहरण मात्रै हुन् । 'अहिले दूतावासले यिनीहरूको ट्राभल डकुमेन्ट बनाइदिएको छ,' छत्यालले भने, 'अब यिनीहरू नेपाल र्फकन भने पाउने भएका छन् ।'
खसी बोकाको अभाव
१४ असोज, नेपालगञ्ज । खसी बोकाको अभाव भएपछि बाँकेको नेपालगञ्ज र त्यस आसपासमा कुखुराको मासुको मुल्य एकाएक बढेको छ ।

No comments:

Post a Comment

OUR NEPAL