search

Custom Search

Thursday, October 1, 2009

Sports News

नेपालको तेस्रो हार

काठमाडौ, २०६६ आश्विन २५ - एएफसी यू-१६ छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाललाई आइतबार बहराइनले ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो ।
खेलको २८ औं मिनेटमा बहराइनले पेनाल्टी मार्फत गोलको अग्रता लियो । बहराइनका अब्दुल्ला जवाहरले पेनाल्टी प्रहार गरेका थिए ।
त्यसपछि लय गुमाएको नेपाल खेलमा र्फकन सकेन । दश खेलाडीमा सिमित बहराइनका लागि कादिल अब्दुल हुसेनले ३८ र ४१ मिनेटमा गोल गरे । पहिलो हाफमा ३ गोलले पछि परेको नेपाल विरुद्ध ४८ मिनेटमा फतियान अलि र दोस्रो हाफको इन्जुरि समयको दोस्रो मिनेटमा आयमिन अब्दुल अमिरले गोल गरे । जित पछि बहराइनको ६ अंक भएको छ भने नेपालले कुनै अंक जोडेको छैन ।
यस अघि समूह'बी' को अर्को खेलमा इरानले लेवनानलाई ४-०ले हराएको थियो ।


अन्नपूर्णको जित

काठमाडौ, २०६६ आश्विन २४ - एचकेएनएस वनस्थली, अन्नपूर्ण एफसी, युथ फोरम पाँगा र बुल ब्वाइज क्लबले नयाँबजारमा सञ्चालित तेस्रो सुजन स्मृति सिक्स 'ए' साइड फुटबलको शुक्रबारको खेलमा सफलता हात पारेका छन् । समाज कल्याण खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा एचकेएनएसले रेड डेभिल्सलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै पि्रक्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अर्को खेलमा अन्नपूर्णले चर्च ब्वाइजलाई ४-० को फराकिलो जित दर्ता गर्‍यो । टोलीलाई जिताउन सुमन क्षेत्रीले २ तथा कमल कार्की र सौरभ श्रेष्ठले १/१ गोल गरेका थिए ।
त्यस्तै युथ फोरम पाँगाले गुह्येश्वरीलाई ६-१ ले पाखा लगाउँदै पि्रक्वाटरफाइनलको यात्रा तय गर्‍यो । दीपेन्द्र महर्जनको ह्याटि्रक, जोन महर्जनको २ र एलिन महर्जनको १ गोलको योगदान थियो ।
बिहीबार भएको अन्तिम खेलमा रूपक थापाको २ गोलसँगै बुल ब्वाइज बलम्बु स्पोर्ट्स क्लबलाई २-१ ले हराएर अर्को चरणमा पुग्यो ।



क्रिकेटमा नाम कमाउँदै सुदूरपश्चिमेली चेली

धनगढी, २०६६ आश्विन २० - कुनै बेला क्रिकेट हेर्नका लागि घरबाट भागेर आउने रितु कनौजिया अरू खेलाडीले चौका र छक्का प्रहार गरेको बल तल खोलामा झर्दा खोजेर ल्याउँथिन् । तिनै रितु आज राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व गर्छिन् । दाउरा र घाँस काट्ने निहुँमा घरबाट निस्कने रेखा रावत र जानकी भट्ट क्रिकेट हेर्दाहेर्दै दिन ढल्किसकेपछि रित्तै घर र्फकन्थे । घरमा अभिभावकबाट न पढने, न घाँस काट्ने भनेर सधैं हप्काई खाने उनीहरू पनि अहिले महिला राष्ट्रिय टिमका राम्रा क्रिकेटर बन्न सफल भए । कञ्चनपुरकी माया रावत, रोशनी बोहरा र कैलालीकी सोनु खडकाको पनि सामाजिक र पारिवारिक वातावरणले सुरुवाती अवस्थामा साथ दिएको थिएन । क्रिकेट भनेपछि स्कुलै छोडिदिने प्रवृत्तिले गर्दा उनीहरूलाई पनि समयचक्रले राम्रो क्रिकेटर बनाएको छ । चार वर्षअघि पहिलोपटक राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पनि सहभागिता जनाउन खोज्दा 'पशुपति घुमाउन ल्याउने हो र ?' भनेर क्यानका जिम्मेवार पदाधिकारीले खिल्ली उडाएको क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ६ का अध्यक्ष चतुरबहादुर चन्दले बताए । 'जुन टिमलाई खिल्ली उडाइयो, त्यही टिमबाट ६ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्,' उनले भने । 'जुन सामाजिक परिवेशबाट सुदूरपश्चिमेली चेलीले क्रिकेटमा प्रगति गरेका छन् त्यसलाई अझै क्रिकेट संघले बुझ्न सकेको छ्रैन,' चन्दले भने । नेपालमा पनि महिला क्रिकेट प्रतियोगिता हुन्छ भनेपछि क्रिकेट हेर्न आउने वरिपरिका स्कुले केटीलाई लिएर खेलाउन सुरु गरेको उल्लेख गर्दै चन्दले भने, 'द्वारिकादेवी कपको नामबाट २०६३ मा पहिलोपटक डडेल्धुरामा महिला क्षेत्रीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।'

'इरानले उत्कृष्ट प्रदर्शन गर्ने'
काठमाडौ, २०६६ आश्विन २१ - एसियाली फुटबलको पावरहाउस इरानले एएफसी यू-१६ च्याम्पियनसिप-२०१० को पहिलो छनोट खेल ताजकिस्तानसँग बुधबार खेल्दैछ । इरान १६ वर्षमुनिको महादेशीय प्रतियोगिताको च्याम्पियन हो ।उपाधि रक्षा गर्ने धुनमा रहेको इरान छनोटको सुरुआतमा सुखद नतिजा आत्मसात् गर्न चाहन्छ । एसियाली च्याम्पियनको हैसियतले इरान अक्टोबर २४ देखि नोभेम्बर १५ सम्म नाइजेरियामा फिफा यू-१७ विश्वकप खेल्ने तयारीमा छ । त्यसमा उसले समूह 'सी' को पहिलो वरीयता पाएको छ । यस्तो स्थितिमा इरानलाई रोक्न ताजकिस्तानलाई गाह्रो पर्ने निश्चित छ ।तीन वर्षदेखि यो टिमको तयारी गरिएको इरानी प्रशिक्षक अकबर महमदले बताएका छन् । 'यू-१६ का खेलाडी व्यावसायिक फुटबल खेल्ने संघारमा छन्,' उनले भने, 'यस्तो अवस्थामा उनीहरूले राम्रो नतिजा दिन सक्छ ।' सबै समूह र सिनियर लेवलमा विश्वकप फुटबल खेल्न सक्ने इरान छनोट समूह 'बी' को एकमात्र टिम हो । अर्को वर्षका लागि दक्षिण अपिmकाको टिकट काट्न असफल इरान त्यसपछिको विश्वकपमा चुनिएमा अहिले काठमाडौं ओर्लेका खेलाडी त्यो टिममा अटाउन सक्नेछन् । त्यसैले इरान यू-१६ छनोटमा समूहको प्रमुख आकर्षणका साथै सबैभन्दा बलियो टिम हो । भर्खरै पश्चिम एसियाली च्याम्पियन भएको इरान दशरथ रंगशालाको प्रत्येक खेलमा हावी हुने सम्भावना छ । त्यसको निक्र्यौल भने खेलको नतिजाले मात्रै पुष्टि गर्नेछ

अन्तर्राष्ट्रिय कपर्दीको नाममा ठगी
भैरहवा, २०६६ भाद्र ३१ - अन्तर्राष्ट्रिय कपर्दी लिग प्रतियोगितामा एउटै देशका खेलाडीलाई विभिन्न राष्ट्रको खेलाडी बनाएर भ'mुक्याएको रहस्य मंगलबार खुलेको छ । आयोजकले भारतीय खेलाडीलाई अमेरिका, नर्वे, मलेसिया, स्विडेन र पाकिस्तानका भन्दै ठगेका छन् ।आफ्नै देशका खेलाडीलाई अन्य मुलुकबाट सहभागी बनाएर खेलाएको थाहा पाई भारतीय खेलाडीले प्रतियोगिताको अन्तिम दिन आयोजकसँग विवाद गरेपछि यो रहस्य खुलेको हो । भारतीय टिमले प्रतियोगितामा व्यवस्थापनको कमजोरी र आयोजकले खेलाडीबाट पैसा असुली गरेको विषयमा विवाद गरेपछि खेल तीन घन्टाभन्दा बढी अवरुद्ध भएको थियो । अन्तर्राष्ट्रिय कपर्दी प्रतियोगिताको नामबाट आयोजकले लाखौं रुपैयाँ कुम्ल्याएको आरोप सहभागी खेलाडीको छ । आयोजकले विदेशी खेलाडीसँग प्रतित्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले असुल गरेका थिए । आयोजकका अनुसार प्रतियोगितामा स्वदेश र विदेश गरी २ सय ५० खेलाडी सहभागी थिए । 'आयोजकले प्रतियोगितामा अमेरिका, क्यानडा, अर्जेन्टिना, बेलायतलगायतका दर्जनौं देशबाट अन्तर्राष्ट्रिय खेलाडी सहभागी छन् भनेर हामीलाई भ'mुक्याए,' भारतको शेरे पञ्जाब टिमबाट सहभागी प्रशिक्षक दलजित सिंहले भने- 'प्रतियोगितामा भारतीय र नेपाली खेलाडीबाहेक अन्य कुनै पनि मुलुकका थिएनन् । खेलाडीसँग पैसा असुली गरेअनुरूपको बसाइ र खाना नभएको गुनासो दर्जनौं भारतीय खेलाडी तथा प्रशिक्षकले लगाएका छन् । भारतीय खेलाडी तथा प्रशिक्षकले आयोजकले ठगी गरेको र पैसा कुम्ल्याउने योजना राखेको आरोप लगाउँदै पैसा फिर्ता माग्न थालेपछि विवाद उत्कर्षमा पुगी तनावपूर्ण बनेको थियो । विवाद सुल्झाउन आयोजकले प्रतियोगिता स्थलमा प्रहरीको सहयोग लिएका थिए ।

सोल्टी सुपरसिक्स आश्विन 20 देखि

काठमाडौ, २०६६ आश्विन १९ - सोल्टी क्राउन प्लाजा सुपर सिक्सेस-२००९ मंगलबार सुरु हँुदैछ । होटल सोल्टी क्राउन प्लाजाको आयोजनामा हुने प्रतियोगिताको एघारौं संस्करण असोज २० देखि २५ सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । आयोजकले आइतबार दिएको जानकारीअनुसार प्रतियोगितामा एक दूतावाससहित चार सञ्चारगृह, १५ बैंकिङ संस्था र चार अन्य कर्पोरेट संस्था गरि २४ टिमको सहभागिता रहने छ । नेपाल क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको प्रत्येक समूहमा तीन टिम रहने गरी सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । रंगीन पोसाकमा हुने प्रतियोगिताका प्रत्येक समूहका विजेता र उपविजेता सुपर लिग चरणमा पुग्नेछन् । सुपरलिग चरणमा पुगेका १६ टिमलाई चार समूहमा बाँडिएको छ । उक्त समूहका विजेता सेमिफाइनलमा पुग्नेछन् । समूह लिगमा प्रतिस्पर्धा गरिसकेका टिमबीच सुपरलिगमा प्रतिस्पर्धा हुने छैन । उद्घाटनअघि मैत्रीपूर्ण खेलकाठमाडौं- सोल्टी सुपर सिक्सेजको उद्घाटन यसपटक फरक किसिमको हुने भएको छ । प्रतियोगिताअघि राजनीतिक दलका नेता, सञ्चारगृहका प्रमुख र उद्योग व्यवसायीबीच तीन/तीन ओभरको मैत्रीपूर्ण खेल हुनेछ । एउटा टिम आयोजक सोल्टीका जनरल म्यानेजर गि्रस विन्द्राको नेतृत्वमा हुनेछ । उक्त टिममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज राजकणिर्कार, पुष्पमान श्रेष्ठ तथा नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे छन् ।

सबैको लक्ष्य फाइनल ँड्र’

काठमाडौ, २०६६ आश्विन १९ - समूह 'बी' मा रहेका सबै पाँच मुलुक सोमबारदेखि हुने छनोट पार गरेर अर्को वर्षको एएफसी यू-१६ च्याम्पियनसिप खेल्नेमा ढुक्क छन् । छनोटको एक दिनअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा टिमको लक्ष्यबारे संवाददाताले सोधेको प्रश्नमा पाँचै प्रशिक्षकले एउटै जवाफ दिएका थिए, 'राम्रो तयारी गरेका छौं, फाइनल चरणमा छनोट हुनेमा विश्वस्त छौं ।'सहभागी टिम कुन स्तरका हुन् भन्ने तथ्य प्रत्येक खेलको नतिजा निस्कँदै जाँदा छर्लङ्ग खुल्नेछ । खेल्नुअघि सबै टिमले आफूलाई चुस्त र बलियो भएको दाबी गनर्ु कुनै नौलो कुरा होइन । यो १६ वर्षमुनिको उमेर समूहका टिममा खासै ठूलो भिन्नता हुन्न । सिनियर लेबलका कमजोर टिम पनि उमेर समूहमा मजबुत हुन सक्छन् ।नेपालको स्थिति पनि ठीक त्यस्तै छ । सिनियर लेबलमा दक्षिण एसियामा पनि कमजोर प्रदर्शन गर्न थाले पनि उमेर समूहमा नेपालले केही राम्रो नतिजा आत्मसात् गरिसकेको छ । प्रतियोगिता सुरु हुनु दुई दिनअघि माल्दिभ्सले नाम फिर्ता लिएपछि लिगको आधारमा हुने पाँच टिमको प्रतिस्पर्धामा फुटबलको वास्तविक रोमाञ्चकता अनुभव गर्न सकिने अपेक्षा गरिएको छ । त्यसमा शीर्ष दुई टिमले एएफसी यू-१६ च्याम्पियनसिप-२०१० खेल्ने अवसर पाउनेछन् । आयोजकसहित महादेशीय प्रतियोगिताको फाइनल चरणमा १६ मुलुकले प्रतिस्पर्धा गर्नेछन् ।इरान बलियोएसियाली फुटबलको पावरहाउस इरानलाई समूहको सबैभन्दा बलियो टिम मानिएको छ । सबै प्रतिद्वन्द्वीले समूहमा इरानको दबदबा हुने स्वीकारे । इरानको इरान एएफसी यू-१६ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि हो । यो इरानी टिम नाइजेरियामा हुने १६ वर्षमुनिको विश्वकप फुटबल खेल्ने तयारीमा रहेको प्रशिक्षक अकबर मोहम्मदले बताए ।'यो हाम्रो दुई वर्षदेखिको तयारी हो', उनले भने, 'छनोट समूह सजिलो मान्नुपर्छ । तर नेपाललाई सहज रूपमा लिने छैनौं । हाम्रो मनोबल उच्च छ ।' भर्खरै सम्पन्न १६ वर्षमुनिको नौ मुलुक सहभागी पश्चिम एसियाली फुटबल इरानको यही टिमले जितेको थियो । घरेलु मैदानमा नेपाली टिम पनि कमजोर नरहेको प्रतिद्वन्द्वीले अपेक्षा गरेका छन् ।

माल्दिभ्स नआउने भएपछि खेल तालिका परिवर्तन
Sunday, October 4, 2009, 10:26

१८ असोज, काठमाडौँ, । एएफसी यु-१६ च्याम्पियनसिप-२०१० को समूह ‘बी’को छनोटमा माल्दिभ्सले अन्तिम समयमा आˆनो नाम फिर्ता लिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शनिबार खेल तालिका परिवर्तन गरेको छ ।
संशोधित खेल तालिकाअनुसार एएफसी यु-१६ को समूह ‘बी’को छनोट असोज १९ देखि २७ गतेसम्म मात्र सञ्चालन हुनेछ । यसअघि प्रतियोगिता असोज १९ देखि २९ गतेसम्म काठमाडौँको दशरथ
रङ्गशाला र सशस्त्र प्रहरी बलको हलचोक खेलमैदानमा खेलाइने कार्यक्रम थियो ।
माल्दिभ्स नआउने भएपछि अब सम्पूर्ण खेल दशरथ रङ्गशालामा मात्र सञ्चालन हुने भएको छ । यु-१६ मा नेपालले अन्तिम चरणमा सहभागी हुन घरेलु मैदानमा गतविजेता इरान, बहराइन, लेबनान र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ
नेपालविरुद्धको खेल
असोज १९ गते लेबनान
असोज २३ गते इरान
असोज २५ गते बहराइन
असोज २७ गते ताजकिस्तान


अन्तर्राष्ट्रियस्तरको पौडीपोखरी निर्माण यसै वर्षदेखि

१८ असोज, नेपालगञ्ज । काठमाडौँबाहिर पहिलोपटक नेपालगञ्जमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको पौडीपोखरीको निर्माण कार्य यसैवर्ष सुरु गरिने भएको छ ।
सो पोखरी निर्माणका लागि सरकारले यसै आर्थिक वर्षको बजेटमा तीन करोड रुपियाँ छुट्याएकाले निर्माणकार्य केही महिनाभित्र सुरु गरिने युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशीलजङ राणाले बताउनुभयो ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले शनिबार नेपालगञ्जमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा सचिव राणाले सो कुराको जानकारी गराउँदै बजेट निकासा गरेर निर्माण कार्य सुरु गर्ने अन्तिम तयारी चलिरहेको बताउनुभयो ।
राजधानीबाहिर पहिलोपटक नेपालगञ्जमा निर्माण गरिने सो पौडीपोखरी नेपालगञ्जको गर्मीमा अत्यन्त सकारात्मक प्रमाणित हुने र सो पौडीपोखरीको निर्माणपछि यस क्षेत्रबाट पौडीका अन्तर्राष्ट्रिय खेलाडी उत्पादन सहज हुने सचिव राणाले बताउनुभयो ।
पौडीपोखरीबाहेक नेपालगञ्जको रङ्गशाला र कभर्डहललाई समेत अत्याधुनिक तरिकाले निर्माण गर्ने सरकारी योजना रहेको जनाउँदै राणाले स्थानीय खेलाडी र खेलपे्रमीले प्रयास गरे सो पनि छिट्टै निर्माण हुनसक्ने बताउनुभयो ।
गतवर्ष जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषद्मा नेपालगञ्जमा पौडीपोखरी निर्माण गर्ने प्रस्ताव गरेपछि परिषद्ले सो प्रस्ताव स्वीकृत गर्दै त्यसका लागि पाँच करोड रुपियाँ उपलब्ध गराउने जनाएको थियो



सन् दुईहजार सोह्रको ओलम्पिक ब्रजिलको रियो दि जेनिरियो शहरमा हुने

ब्रजिलको रियो दि जेनेरियोमा सन् दुईहजार सोह्रको ओलम्पिक खेल हुने भएको छ। अन्तिम चरणको भोटिङमा स्पेनको मड्रिड शहरलाई अप्रत्याशितरुपमा पछाडि पार्दै रियो दि जेनेरियो ओलम्पिक आयोजना गर्ने पहिलो दक्षिण अमेरिकी शहर बन्न सफल भएको छ। ब्रजिलले ६६ भोट सहित खेलकुदको महाकुम्भ ओलम्पिक आयोजनाको मौका प्राप्त गर्दा स्पेनले बत्तिस भोट प्राप्त गरेको थियो। यसअघि प्रारम्भीक रणरमा जपानको टोकियो शहर र अमेरिकाको सिकागो शहर ओलम्पिक आयोजना गर्ने होडबाट बाहिरिएको थियो। सन् दुईहजार बाह्रको ओलम्पिक भने लडनमा हुनेछ।


फुटबलमा होमिए राजनीतिक दल

काठमाडौं, २०६६ आश्विन १७ - राष्ट्रिय राजनीति अन्योलपूर्ण अवस्थामा रहेको स्थितिमा मूलपानी गाविसमा फुटबलको माध्यमबाट सहमति खोज्ने प्रयास गरिएको छ । नेपाली कांग्रेस मूलपानी गाउँ समितिको आयोजनामा बडादसंै तथा शुभ दीपावलीको अवसरमा मूलपानीमा राजनीतिक दलबीच सहमति र सहकार्यको वातावरण पैदा गराउने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता भइरहेको छ ।राजनीतिक दलबीच भाइचाराको अवस्था पैदा गराउने उद्देश्यले आयोजित फुटबलमा शुक्रबार आयोजक कांग्रेस र नेकपा माओवादीले विजय हासिल गरेका छन् । दुवै दल अन्तरपार्टी मैत्रीपूर्ण शुभकामना रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।फाइनलमा स्थान सुरक्षित गर्नका लागि माओवादीले नेकपा एमालेबाट वाकओभर पाएको थियो भने कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) लाई ३-२ ले निराश पारेको थियो । मूलपानी गाविसको मनोहरा फुटबल मैदानमा शुक्रबार बिहान भएको खेलमा एमाले अनुपस्थित भएपछि माओवादीले सहजै फाइनल यात्रा तय गरेको थियो ।



खेल मैदान अलपत्र

पाल्पा, २०६६ आश्विन १६ - पाल्पाको तानसेनस्थित एकमात्र खेल मैदान टँुडिखेल अलपत्र परेको छ । पछिल्लो समयमा कसैले वास्ता नगरेपछि टँुडिखेल ट्रक र जिप पार्क बनेको छ । लामो घाँस उमे्रका कारण फुटबल, क्रिकेटलगायतका कुनै पनि खेल सञ्चालन गर्न सकिने अवस्था छैन ।छेउछाउमा सैनिकले पारेको खाल्डो कुनै निकायबाट समेत पुरिएको छैन । मैदानको छेउछाउमा सैनिकले बिछ्याएको बारुदी माइन अहिलेसम्म त्यत्तिकै छ । टुँडिखेल दिसा/पिसाब गर्ने थलोका रूपमा समेत परिणत हुँदैछ । साइकल र मोटरसाइकल सिक्ने थलो बनेको मैदानको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । 'यस्तो बिजोग हँुदा पनि संरक्ष्ाणमा कसैको चासो देखिएन,' तानसेनका युवा सोभित थापाले भने, 'टुँडिखेल कसले संरक्षण गर्ने भन्ने कुरासमेत कसैलाई थाहा नभए जस्तो छ ।' तत्कालीन अवस्थामा श्रीनगरमा रहेको सैनिक ब्यारेक टँुडिखेल छेउमा सरेपछि त्यसलाई सैनिकले उपभोग गर्दै आएको छ । तानसेनवासीको 'मर्निङवाक', 'इभिनिङवाक' गर्ने थलो पनि टँुडिखेल हो । स्थानीय र राष्ट्रिय प्रतियोगिता गर्नुपरेमा पनि यही टुँडिखेलमा गरिन्छ । द्वन्द्वकालमा भने झन्डै १० वर्ष सैनिकले आधा टँुडिखेल तारबार गरेर हिंड्नसमेत दिएको थिएन । अहिले पनि सैनिकले आधा बढी टुँडिखेलमा बिहान हिंड्न दिंदैन । सैनिकको इलाका भनेर बोर्ड टाँसिदिएपछि हिंड्न समस्या हुन्छ । 'के गर्ने ढुक्क भएर खेल्न पनि पाइँदैन,' टुँडिखेलमा क्रिकेट सिक्दै गरेका सुरेश गोदारले भने, 'आधा बढी इलाकामा त बोर्ड लागेको छ, यता नआउन भन्छन् अनि खेल्न पनि डर लाग्छ ।' जिल्ला विकास समिति, तानसेन नगरपालिका, जिल्ला खेलकुद विकास समिति, पाल्पा उद्योग वाणिज्य संघले समेत टुँडिखेलको संरक्षणमा चासो दिएका छैनन् । 'कन्तबिजोग हँुदासमेत कसैलाई मतलब भए जस्तो लाग्दैन,' फुटबल खेलाडी सुरज रञ्जनले भने ।'
उत्कृष्ट क्रिकेट खेलाडी मिचेल जोनसन

१६ असोज, काठमाडौं । अष्ट्रेलियाका तेज बलर मिचेल जोनसन अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को यस वर्षको उत्कृष्ट क्रिकेटरको पुरुस्कारबाट सम्मानित भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हिँजो आयोजित एक कार्यक्रममा जोनसन उक्त पुरुस्कारबाट सम्मानित भएका हुन् ।
यस्तै उत्कृष्ट टेष्ट क्रिकेट खेलाडीको उपाधी भारतका गौतम गाम्भीर र एकदिवसीय खेलका उत्कृष्ट खेलाडीको उपाधी भारतिय कप्तान महेन्द्र सिंह धोनीले पाएका छन् ।
ट्वान्टी/ट्वान्टी क्रिकेट खेलाडीको सम्मान भने श्रीलंकाका तिलकरत्ने दिलसानले पाएका छन् ।
स्पीरीट अफ कि्रकेटको उपाधी न्युजिल्याडले जितेको छ ।


वेष्ट इण्डिजलाई सात विकेटले पराजित गरेपनि भारत च्याम्पियन्स लिग ट्रफि क्रिकेटबाट बाहिरिन बाध्य
वेष्ट इण्डिजलाई सात विकेटले पराजित गरेपनि भारत च्याम्पियन्स लिग ट्रफि क्रिकेटबाट बाहिरिन बाध्य भएको छ। अष्टे्रलियाले पाकिस्तानलाई दुई विकेटले पराजित गरेपछि भारतको सेमिफाइनल यात्रा समाप्त भएको हो। खेलमा टस हारेर पहिले व्याटिङ्ग गरेको पाकिस्तानले पचास ओभरमा सात विकेट गुमाउँदै दुईसय पाँच रन जोड्न सफल भयो। जवाफमा अन्तिम बलमा ल73य पुरा गर्दै अष्ट्रेलियाले दुई विकेटको जित हात पार्‍यो। पाकिस्तानको यो हारले पाकिस्तानलाई खासै असर परेन तर, यहि हारका कारण भारत भने प्रतियोगिताबाट बाहिरियो। प्रतियोगिताबाट बाहिरिने क्रममा भारतले उत्कृष्ठ सान्त्वना जित हात पारेको छ। वेष्ट इण्डिज विरुद्धको खेलमा इण्डिजलाई भारतले सैतीस ओभरमै एकसय उनन्तिस रनमा अलआउट गर्‍यो। जहाँ विजय ल73य मात्र तीन विकेटको क्षतिमा तेत्तिस ओभरमा प्राप्त गर्‍यो। अब सेमिफाइनलमा अष्ट्रेलिया र इङ्गल्याण्ड तथा न्यूजिल्याण्ड र पाकिस्तानबीच भिडन्त हुनेछ।





No comments:

Post a Comment

OUR NEPAL