search

Custom Search

Thursday, October 1, 2009

Top News of Nepal

प्रमुख तीन दलको बैठक शुरु
१७ असोज, काठमाडौ । संसदमा छलफलका लागि लैजाने साझा सङ्कल्प प्रस्तावलाई टुङ्गो लगाउन प्रमुख तीन दलको बैठक शुरु भएको छ । बैठक विहान नौं बजेपछि एमाले संविधानसभा दलको कार्यालय सिंहदरबारमा शुरु भएको हो ।
यसअघि शुक्रबार बसेको तीन दलको बैठक सङ्कल्प प्रस्ताबको खाका तयार पार्ने जिम्मा पाएका सत्ता साझेदार नेपाली काङ्ग्रेस र नेकपा एमालेले खाकालाई अन्तिम रुप दिन नसकेकोले निष्कर्षविहीन भएको थियो ।
बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका नेताहरु साझा सङ्कल्प प्रस्ताबको अन्तिम खाका तयार नभएसम्म छलफलमा सहभागी नहुने भन्दै बैठकबाट बाहिरीए पछि आज विहान पुनः बैठक बसेको हो ।
सरकारले बर्खास्त गरेको सेनापतिलाई थमौति गर्ने राष्ट्रपति डा. रामबरण यादवको कदमलाई सङ्कल्प प्रस्ताबमा स्पष्ट उल्लेख गरेर खाका तयार पार्नुपर्ने अडान राख्दै आएको छ । नेपाली काङ्ग्रेस र नेकपा एमालेले भने राष्ट्रपतिलाई लान्छना लाग्ने खालको बिषय सङ्कल्प प्रस्तावमा उल्लेख गर्न मानेका छैनन् ।
प्रहरीलाई सेनासरह रासन दिने तयारी


काठमाडौ । गृह मन्त्रालयले तीन सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच रासन सुविधामा रहेको विभेद अन्त्य गर्न मन्त्रिपरिषमा प्रस्ताव लाने गृहकार्य अघि बढाएको छ । गृहले दुवै प्रहरी संगठनको रासन सुविधा बढाएर सेना सरह बनाउन दोस्रोपटक प्रस्ताव अघि बढाउने तयारी गरिरहेको जानकारी सुरक्षा अधिकारीहरूले दिएका छन् ।
गृहले सेनाभन्दा प्रहरीलाई कम रासन सुविधा दिंदा लोकतान्त्रिक सरकारले नै तीन सुरक्षा निकायबीच विभेद गरेको गलत सन्देश गइरहेकाले त्यसलाई अन्त्य गर्न पुनः प्रस्ताव अघि बढाउन लागेको हो ।
गृह मन्त्रालयले आफ्नो मातहतका सुरक्षाकर्मीको रासन सुविधा बढाउन दुवै प्रहरी संगठनको बजेटमा वर्षेनि ३ अर्ब रुपैयाँ वृद्धि गर्न प्र्रस्ताव गरेको छ। रासन सुविधा बढाउन ५६ हजार ६९ दरबन्दी रहेको नेपाल प्रहरीका लागि सवा २ अर्ब र २२ हजार ४० दरबन्दी रहेको सशस्त्र प्रहरीका लागि ७५ करोड रुपैयाँको हाराहारीमा वर्षेनि बजेट बढाउनुपर्छ ।
माले अध्यक्ष र सुदले प्रचण्डलाई भेटे
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपालका लागि भारतीय राजदूत राकेश सुदले आज छुट्टाछुट्टै भेट गर्नुभएको छ । प्रचण्ड निबास नयाँबजारमा भएको भेटमा जारी राजनीतिक गतिरोध हटाउने बिषयमा छलफल भएको बताइएको छ ।

‘क्रान्ति’ तोरीको तेल गुणस्तरहीन
१५ असोज, झापा । कृषि तथा सहकारी मन्त्रालय अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालय काठमाडौले भारतबाट उत्पादीत ‘क्रान्ति’ नामको खाने तेललाई गुणस्तरहीन भनि प्रमाणित गरेको केही साता नबित्दै बिभागको क्षेत्रीय कार्यालय विराटनगरले उक्त तेल गुणस्तरीय भएको दावी गरेपछि उपभोक्ता अन्योलमा परेका छन् ।
उपभोक्ता मञ्च झापाले बजारमा उपलब्ध आधा लिटरको प्लाष्टिकको बोतलमा राखिएको ‘क्रान्ति तेल’ परीक्षणका लागि विराटनगर पठाएकोमा सो कार्यालयका प्रमुख उपेन्द्र रायले गुणस्तरीय भएको पुष्टि गर्दै परीक्षण प्रतिवेदन पठाएपछि उपभोक्ता अन्योलमा परेका हुन् ।
सो कार्यालयले पठाएको पत्रमा ‘क्रान्ति’ तोरीको तेलको नमुना विश्लेषण गर्दा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुप पाइएको उल्लेख छ ।
यसअघि बिभागको खाद्य प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालय काठमाडौले उक्त तेललाई गुणस्तरहीन भनि प्रमाणित गर्दै प्रयोग नगर्न सर्बसाधारण उपभोक्तालाई आग्रह गरेको थियो ।
उपभोक्ता मञ्चका सदस्य एवम् नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष असोक पोख्रेलले उक्त परीक्षण प्रतिवेदनले उपभोक्तामा अन्योलता बढाएकाले त्यसको छिट्टै टुङ्गो लगाउन माग गर्नु भएको छ ।
राजनीतिक निकास छिट्टै : दलहरु
१५ असोज, काठमाडौँ । विद्यमान राजनीतिक गतिरोध अन्त्यको लागि प्रमुख राजनीतिक दलहरुले सक्रिएता बढाएका छन् ।

सशस्त्र प्रहरीको गोली लागि तीन सर्बसाधारणको मृत्यु
१५ असोज, वीरगञ्ज । पर्साको भौराटारमा आज बिहान दुई बजे सशस्त्र प्रहरी र स्थानीय गाँउलेबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहटमा गोली हानी एकजनाको हत्या
१५ असोज, गौर । रौतहटको कटहरिया ९ का बेदशरण महतोको हत्या भएको छ । गयराति १० बजेको समयमा अज्ञात समूहले गोली हानी महतोको हत्या गरेको हो ।

धरान घटना छानबिन समिति गठन
१४ असोज, काठमाडौं । गृहमन्त्रालयले धरान नगरपालिका वडा नम्बर १९ भिक्टोरिया चोकस्थित सियोन चर्चको प्रार्थना भबनमा २३ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको छानबिन गर्न एक टोली गठन गरेको छ ।

2 comments:

OUR NEPAL